तेस्रो वातावरण र जलवायु दिगो कार्य समूह को बैठक सुरु भयो

भारतको जी20 अध्यक्षता अन्तर्गत, तेस्रो वातावरण र जलवायु दिगो कार्य समूह को (ईसीएसडब्ल्यूजी) बैठक मई 21 मा, मुम्बईमा सुरु भयो। यो तीन दिने बैठकले मुख्यतया, ब्लू इकोनोमीमा केन्द्रित थियो। ईसीएसडब्ल्यूजी को बैठक जुहुमा, मेगा बिच क्लीनअपको साइड इभेन्टबाट सुरु भयो र त्यसपछि ओशन २० डायलग आयोजित भएको थयो। महाराष्‍ट्रका गभर्नर रमेश बैस, पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अश्‍विनी कुमार चौबे र महाराष्‍ट्रका मुख्‍यमन्त्री एकनाथ शिन्‍देका साथै जी-२० बैठकमा भाग लिने विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्यहरूले समुद्र तट सफाइ अभियानमा भाग लिएका थिए।

बैठकको पहिलो दिन,तीनवटा सत्रमा, ब्लू इकोनोमी का विभिन्न पक्षमा भएको थियो । विज्ञान प्रविधि र नवप्रवर्तन, नीति, शासन र साझेदारी, र ब्लू फाइनान्स मेकानिज्मको स्थापना जस्ता विषयहरूमा, यह सत्रहरू आयोजित थिए। यसबाहेक, पृथ्वी विज्ञान मन्त्रालय र वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले महासागर समाधान र वातावरणका लागि कार्यमा विचारहरू अगाडि बढाउने उद्देश्यका साथ ‘ओशन २० डायलग’ आयोजना गरेको थियो। बैठकमा सागरी अर्थतन्त्रका लागि नीति तर्जुमा, सरकारी सहयोग र वित्त प्रणाली लगायतका विषयमा चर्चा भएको थियो ।

ओशन २० डायलग लाई सम्बोधन गर्दै, पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम. रविचन्द्रनले भने, ‘यो, ओशन २० डायलग’ ले विभिन्न क्षेत्रका विज्ञ र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याउने र उदीयमान विज्ञान, प्रविधि, नवप्रवर्तन र यससँग सम्बन्धित चुनौतीहरूको बारेमा चर्चा गर्नेछ” तेस्रो ईसीएसडब्ल्यूजी बैठकको मा, बालुवा कलाकार सुदर्शन पटनायकले तट र महासागरहरूको रक्षा गर्न जी20 देशहरूको सामूहिक प्रयासलाई मनाउन, जुहूमा सुन्दर बालुवा कला सिर्जना गरे। यसअघि, वातावरण र जलवायु स्थिरता कार्य समूहको पहिलो बैठक फेब्रुअरी 9 – 11 मा बेंगलुरुमा भएको थियो, जबकि दोस्रो बैठक गान्धीनगरमा आयोजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *