आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै, शीर्ष स्थानमा उक्लियो दिल्ली

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् । यूएईको सेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ ।

अहिलेसम्म ८ खेलमा ८ अङ्क जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । साथै, ८ खेलमा तीन जित मात्र हात पारेको कोलकत्ता तालिकाको छैटौँ स्थानमा रहेको छ । हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ ।

सनराइजर्स हैदराबाद दिल्लीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै दिल्ली चेन्नाईलाई उछिन्दै १४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै, तालिकाको तेस्रो स्थानमा १० अङ्कका साथै रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *