मूभिनद्वारा १९ नयाँ शहरहरूमा ‘एण्ड-अफ-डे सर्विसेज’ विस्तार

यूपीएस र इण्टरग्लोब इण्टरप्राइजेज बीचको संयुक्त उद्यम, मूभिन एक्सप्रेस प्राइभेट लिमिटेडले टियर १ र टियर २ शहरहरूमा ट्रान्जिटमा छिटो समय प्रदान गर्दै १९ नयाँ  शहरहरूमा आफ्नो एक्सप्रेस एण्ड-अफ-डे सर्विसेज विस्तार गर्ने घोषणा गरेको छ।

यो विस्तारले मूभिनको एक्सप्रेस एण्ड-अफ-डे सर्विसहरूको नेटवर्कलाई ४७ शहरहरूमा पुर्याउँछ, ३००० पिन कोडहरू समेट्छ, जसले भारतको प्रमुख कमर्शियल प्रडक्शन र कन्सम्पशन केन्द्रहरूलाई पूरा गर्दछ। टेक-संचालित आविष्कारहरूद्वारा समर्थित सञ्चालनहरूको विस्तारको यो पछिल्लो चरणले मूभिनका सेवाहरू मेट्रोका साथै टियर १ र टियर २ सहरहरूमा विस्तारित बी२बी लजिस्टिक स्पेसमा ग्राहकहरूको मागहरू पूरा गर्न फैलाएको छ।

 १९ नयाँ सहरहरू इलाहाबाद, औरंगाबाद, बागडोग्रा, बेलगाम, देहरादून, गुवाहाटी, हुबली, जोधपुर, कोल्हापुर, मदुरै, मैसूर, नागपुर, राजमुन्द्री, राजकोट, तिरुवनन्तपुरम, तिरुचिरापल्ली, तिरुपति, उदयपुर र वाराणसी हुन्। डायरेक्टर इन्टरग्लोब इन्टरप्राइजेज र मूभिनका बोर्ड सदस्य जेबी सिंहले भने, “हाम्रा ग्राहकहरूले हाम्रो वर्ग-अग्रणी, प्रतिस्पर्धी, र प्रविधि-सण्चालित एक्सप्रेस र स्टैण्डर्ड प्रिमियम सर्विसहरूबाट बिजनेस भ्याल्यु प्राप्त गर्दैछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *