ट्याक्सीमा सर्छ, बसमा सर्दैन

ट्याक्सीमा मात्र कोविड प्रोटोकल तर किन बस गाडीमा चाहि यो प्रोटोकल लाग्दैन ? ट्याक्सीमा मात्र कोरोना सर्छ तर बसमा कोरोना सर्दैन ? घूम- जोरबङला सिण्डिकेटमा गाड़ी पर्खिरहेका पेम्बा डुक्पाले ट्याक्सी गाड़ीमा ५ जनामात्र यात्री बोक्न दिएको तर बसहरूमा कुनै नियम लागु नगरेकोमा गुनासो गरे ।

कोविड १९ को दोस्रो लहरदेखि सबैलाई सुरक्षित राख्न सरकारले हरेक ठाउँमा कोविड़ प्रोटोकल पालन गरिनुपर्ने अनिवार्य गरेको छ। यदि नगरेको खण्डमा केश पनि गरिदैछ । तर के सबै ठाउँ र क्षेत्रमा उक्त प्रोटोकल पालन गरिदैछ त? दार्जीलिङ आउने अनि जाने ट्याक्सी गाडीहरूमा कोविड प्रोटोकल पालन गर्दै धेर भाड़ा लिएर केवल ५ जना मात्र यात्री बोक्ने प्रशासनिक हुकुम छ । तर धेरै यात्री बोक्ने बसहरूमा भने कुनै प्रोटोकल पालन नगरिएको मानिसको गुनासो छ।

अहिले सरकारी अनि निजी बसहरु चल्न थालेका छन् । जसरी ट्याक्सीहरूमा कोविड प्रोटोकल पालन गरेर आधा यात्रीहरू बोक्दैछन् भने त्यसको तुलनामा बसहरूमा कुनै प्रोटोकल पालन गरिएको छैन ।

यस्तो बेला पुलिस प्रशासनले चारैतिर नजर डुलाउन र एकसमान कानुन लागु गर्नु जरुरी हुन्छ । पेम्बा डुक्पाले भने, पहिला प्रशासनले ५ जना यात्री चड़ाए पनि भाड़ा पुरानै दरमा लिनुपर्छ । अधिक भाड़ा अधिक असुले कार्वाही गरिनेछ भन्यो तर खोइ घूमसम्मको भाड़ा ५० रुपियाँ पुगेको छ ।

उनले भनेअनुसार १०० जना यात्रीका लागि १० वटा ट्याक्सी चाहिन्छ भने ५ जना यात्री मात्र बोक्दा २० वटा ट्याक्सी चाहिन्छ । यसो गर्दा बेसी गाड़ी कुद्ने हुँदा सड़कमा जताततै जाम लाग्नुको यो पनि ठोस कारण हो।

छेवैमा डालीको गाड़ी पर्खिरहेकी वृद्धाले पनि डालीको भाड़ा २५ रुपियाँ धनु बाध्य भएको दुखेसो पोखिन् । उनले भनिन्, खोइ बाबु जताबाट पनि गरीबमारा काम हुँदैछ । यहाँको बतासे परिसरमा पुलिसद्वारा गाडीहरूको जाँच गरिए तापनि बसहरूमाथि कुनै कार्वाही नगरेको स्थानीय मानिसको गुनासो छ। पुलिस प्रशासनले ट्याक्सी गाड़ीहरूलाई केवल ५ जना यात्री बोक्ने अनुमति दिएको छ पहिला दार्जीलिङदेखि धूमसम्मको भाड़ा ३० रुपियाँ थियो भने अहिले एकजनाको ५० रुपियाँ भएको छ । यसरी नै डाली, लेबोङ, सिंहमारी सबै सिण्डिकेटको भाड़ा बड़ेको छ भने कमान बस्तीबाट आउने ट्याक्सीहरूको पनि भाड़ा बड़ेको छ। कोविड प्रोटोकलले गाडीहरूलाई लाभ भइरहेको छ भने गरीब यात्रीहरू मारमा परेको मानिसको भनाइ छअर्कोतिर सिलगढीगामी ट्याक्सीहरूले सिलगढीको भाड़ा ४०० रुपियाँ लिइरहेको गुनासो छ । जबकि सरकारी बसमा १०५ रुपियाँ मात्र भाड़ा छ। यीबाहेक कमान बस्तीबाट शहर आउने धेरैजसो सवारी गाड़ीहरूले गाड़ीभरि यात्रीहरू हालेर पनि भाड़ा पहिलाभन्दा अधिक लिइरहेका छन्।यसैले मानिसहरू भन्छन्, डेड़ घण्टादेखि ६ घण्टासम्म साथमा यात्रा गर्ने बसहरूमा खाँदी खाँदी यात्रीहरू बोक्दा कोरोना नसर्ने तर (१५ मिनटको बाटो डालीसम्म १० जना यात्रीहरू चड़दा कोरोना सर्छ र? यो कस्तो अचम्भको नियम हो । यसैले यदि बसहरूलाई सीटभरि अनि बीच बीचमा लोकल यात्रीहरू पनि चड़ाउन दिइन्छ भने अब सबै ट्याक्सीहरूलाई पनि १० जना नै यात्री बोक्न पाउने छुट दिनुपर्छ । होइन भने यो कोविड प्रोटोकल गरीबमारा मात्र सावित हुनेछ। एउटै विषयमा दुइवटा नियम लागु भएकोमा अनि अनावश्यक रूपमा आफूखुसी भाड़ा बड़ाएकोमा स्थानीय नेताहरू, जनप्रतिनिधिहरू, बुद्धिजीवी भनौदाहरू बोल्न नसकेकोमा पेम्बा डुक्पाले उदेक मानेका छन् । ट्याक्सीमा ५ जना मात्र यात्री बोक्ने अनुमति दिनु भनेको सबैलाई कोविड १९ देखि सुरक्षित राख्न हो । तर बसहरूमा धेर यात्रीहरू बोक्दा किन प्रशासनले ध्यान दिदैन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । एउटै विषयमा भिन्ना भिन्ने नियम लागु गरिन्छ भने कोविडको प्रोटोकल पालन गरिन अनिवार्य गरिनुको औचित्य नरहने|

Leave a Reply

Your email address will not be published. Required fields are marked *