भारतले लगायो साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध

भारतले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै साढे चार दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।

सोमबार भारतको विद्युतीय एवं सूचना प्रविधि मन्त्रालयले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै चिनियाँ कम्पनी अलिबाबा, टेनसेन्ट होल्डिङ र नेटइजलगायत एपमाथि प्रतिबन्ध लगाएको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

प्रतिबन्ध लगाइएका चिनियाँ एपमा स्विट सेल्फी एचडी, सेल्फी क्यामेरा र एपलकजस्ता एप छन् । भारतले गत वर्षको जुलाइमा टिकटक र विचाटसहित ५९ वटा मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो ।

लामो समयदेखि जारी सीमा विवादका कारण द्विपक्षीय व्यापार प्रभावित भइरहेका बेला भारत सरकारले पछिल्लो कदम चालेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । सन् २०२० को मे महिनामा गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि भारतले हालमसम्म ३२१ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।

चीन र भारतबीच झण्डै तीन हजार ४८८ किलोमिटर लामो सीमा रहेको छ । गलवानमा भएको झडपछि दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक, ट्याङ्क र तोप तैनाथ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *