सेवाहरूबाट वञ्चित लघु तथा साना उद्यमहरूलाई सशक्त बनाउने कार्य गर्दै आएको बीएसई सूचीकृत एनबीएफसी मनीबक्स फाइनेन्स लिमिटेडले बङ्गाल प्रो टी २० लीग २०२५ मा टीम सोबिस्को स्म्याशर्स मालदासित प्रायोजकको रूपमा साझेदारी घोषणा गरेको छ।
यस पहलले क्षेत्रीय क्रिकेटको बढदो लोकप्रियतालाई प्रवेश गरेर ग्रासरूट स्तरमा ब्राण्ड इक्विटी निर्माण गर्ने कम्पनीको रणनीतिक पहलको सङ्केत गर्दछ। प्रायोजकको रूपमा मनीबक्सले ११ जूनदेखि २८ जूनसम्म चल्ने लीग अवधि टोलीको किट अन्तर्गत दुवै खुट्टामा मुख्य ट्राउजर ब्राण्डिङको आनन्द लिनेछ। यस लीगमा ८ टोलीहरूबीच ३१ वटा म्याचहरू हुनेछन्। मनीबक्सका को-फाउण्डर मयुर मोदी अनुसार यस साझेदारीले क्रिकेट र उद्यमशीलताबीच परिश्रम, अनि आशाको साझा भावनालाई उजागर गर्दछ।
बङ्गालमा प्रो टी-२० लीगमा मोहम्मद शमी र मनोज तिवारी जस्ता चर्चित खेलाड़ीहरूको विशेष सहभागिताले यस प्रतियोगितालाई समुदाय-केन्द्रित बलियो प्लेटफर्म बनाएको छ । यस साझेदारी एक आशाजनक ब्राण्डिङ अवसर हो। यस क्षेत्रमा धेरै क्रिकेटप्रेमीहरू छन् र लीगमा मनीबक्सको उपस्थितिले स्थानीय उद्यमी तथा युवा दर्शकहरू माझको सम्बन्धलाई बलियो बनाउन सक्छ।
