पीडब्ल्यूडीले सिलगढ़ीको एसएफ रोडमा सड़क चौडा गर्ने काम आरम्भ गरेको छ। यस परियोजनाको लागत धेरै करोड़ रुपियाँ रहेको छ। यद्यपि सिलगढ़ीका विधायक शङ्कर घोषले सडक चौड़ा गर्ने प्रक्रियामा रूख काटिएको बताउँदै चिन्ता व्यक्त गरेका छन्। बिहीवार विधायक शङ्कर घोषले एसएफ रोडमा रूख काट्दा विरोध जताए। विरोध प्रदर्शनमा सिलगढ़ी नगर निगम (एसएमसी) का विपक्षी दल नेता अमित जैन र पार्षद शालिनी डालमिया पनि सामेल थिए।
सड़क चौडा गर्ने नाममा रूखहरू अन्धाधुन्ध काटेर शहरको वातावरणलाई हानि पुर्याइरहेको विधायकले दाबी गरे। तिनले धेरै पुराना रूखहरू अवैध रूपले काटिएको पनि आरोप लगाएका छन्। घोषले भने, एसएफ रोडमा कुनै ट्राफिक जाम छैन। तर पनि यसको चौड़ा बढ़ाउन धेरै रकम खर्च भइरहेको छ। विधायकले मेयरको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे। यसको प्रत्युत्तरमा सिलगढ़ीका मेयर गौतम देवले रूखहरू काटिएको छैन बरु तिनीहरूलाई उखेलेर अन्य स्थानमा पुनर्स्थापना गरिने बताए। तिनले भने, यस अभ्यासलाई पहिले पनि पालन गरिएको थियो र विभिन्न स्थानहरूमा रूखहरू सफलतापूर्वक पुनर्स्थापित गरिएका छन्। एसएफ रोडको रूखहरू पनि अन्य क्षेत्रमा सारिनेछ।