भारतीय जलसेनामा राखियो मिसाइल डिस्ट्रोयर, चीनसँगको तनावमा भारतको आत्मबल उच्च

भारतीय जलसेनाले पहिलोपटक पीबी१५ स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर राखेको छ ।यस युद्धपोतमा भारतको शक्तिशाली ब्राह्मोस र बराक मिसाइलहरू राखिएको छ । यसले शत्रुको जहाज देख्नेबित्तिकै आफ्नो डेकबाट एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न सक्छ । 

यस डिस्ट्रोयरलाई आईएनएस विशाखपट्नम नाम दिइएको छ । यसलाई मझगाँव डक शिपबिल्डर्सले बनाएको हो । यसले भारतीय जलसेनाको शक्ति बढाउने मात्र नभई भारतलाई आत्मनिर्भर पनि बनाउने विश्लेषण गरिएको छ ।

यस युद्धपोतको तौल ७४ सय टन छ । यसको लम्बाइ ५३५ फीट छ । यसलाई ट्विन जोर्या एम३६ई ग्यास टर्बाइन प्लान्ट र बर्जेन केभीएम डीजेल इन्जिन जस्ता शक्तिशाली इन्जिनले चलाउँछ । समुद्रमा यो द्रुत गतिमा जान सक्छ । चीनले भारतको जलसैन्य शक्ति नबढोस् भनी स्थलसीमामा दबाब दिइरहेको बेलामा भारतले यो युद्धपोत निर्माण गरेर चीनसँग युद्ध गर्नुपर्ने स्थिति आएमा आत्मबल उच्च बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *