विक्रम संवत् 2082 को पहिलो दिन नयाँ वर्षको आगमनसितै भारत-नेपाल सीमामा अवस्थित रमणीय पर्यटन केन्द्र मिरिकमा उत्साह र उमङ्ग छाएको छ। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा विशेष गरी नेपाल देशका धेरै पर्यटकहरू घुम्न आएका थिए भने देशी पर्यटकहरूको चहल पहल पनि अधिक थियो। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा भेला भएकाहरूले एकार्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली मनाए। बिहानैदेखि मिरिक बजार र वरिपरिका पर्यटन स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थिति देखियो भने नेपालका पशुपतिनगर, श्री अन्तु, कन्याम, गुफापातल आदि ठाँउमा पनि मानिसहरूको चहल पहल देखियो।
मिरिक पर्यटन केन्द्रमा घुम्न आउनेहरू विशेष गरी मिरिक झीलमा नौका, घोड़ा सवारी गरेर नयाँ वर्षलाई स्वागत गरिरहेका देखियो। नयाँ वर्षको अवसर पारेर धेरै परिवारहरू पिकनिक तथा मनोरञ्जनका लागि मिरिक आएका थिए। भारत नेपाल सीमा क्षेत्रमा दुवै देशका नागरिकहरू एकार्कालाई नयाँ वर्षको शुभकामना दिइरहेका दृश्यहरू पनि देखियो। मिरिकका स्थानीय व्यवसायीहरू पनि नयाँ वर्षको आगमनसितै उत्साहित देखिए। होटल, रेस्टुरेण्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा ग्राहकहरूको चहलपहल बढ़ेको छ। व्यवसायीहरूले नयाँ वर्षलाई लक्षित गरी विशेष अफरहरू पनि दिइरहेका छन्।
नयाँ वर्षलाई स्वागत जनाउँदै मिरिक
