मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

भारतीय भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी छन् । चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी हुन् । यो खेलमा उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय खेलाडी पनि हुन् ।

उनले ४९ किलोग्राम तौल समूहमा पदक जितेकी हुन् । यसमा वर्गमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितिन् । चानूले २१० किलोग्राम तौल उचालेर पदक जित्न सफल रहिन् ।

मेडल जितेपछि चानू सामाजिक सञ्जालमा छाएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति रामनाथ कोविन्दले पनि उनलाई बधाई दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *