‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

 कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो।

त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेयमारले फेरि पनि मेस्सीसँग खेल्ने इच्छा रहेको पटक पटक बताउँदै आएका छन् ।

कोपाको सफलताका लागि मेस्सीलाई बधाई दिएको भन्दै नेयमारले इन्स्टाग्राममार्फत भावुक सन्देश दिएका छन् । ‘हारले दुःखी बनाएको छ । अहिले सम्म पनि म त्यसबाट बाहिर निस्कन सकेको छैन’, उनले भनेका छन्, ‘हिजो म हारें । अनि गएर सर्वोत्कृष्ट, फुटबल इतिहासकै मैले देखेका उत्कृष्ट, मेरो साथी र भाई मेस्सीलाई अंगालो मार्दै बधाई दिए । मैले जिस्केर उनलाई गाली गर्दै मलाई हरायौं भने ।’ नेयमारले मेस्सीका बारेमा अगाडि भनेका छन्, ‘हारबाट म निकै निराश छु । तर उनी अति उत्तम मान्छे हुन् । उनले फुटबल र मेरा लागि जे गरेका छन् त्यसका लागि उनीप्रति मेरो उच्च सम्मान छ । म हारलाई मन पराउँदिन । तर उपाधि जितेकोमा खुसी मनाउ । यो क्षणका लागि फुटबलले तिमीलाई कुरिरहेको थियो । बधाई छ साथी ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *