बंगाली नयाँ वर्ष अप्रिल 15 मा आउँदैछ। यो दिन राज्यको स्थापना दिवस पनि हो। सिलगढी नगर निगम सहित शहरका सबै कलाकार र शिक्षकहरू नयाँ वर्षलाई स्वागत गर्न तयार छन्। राज्य दिवस तथा पोइला वैशाख उत्सवको तयारी सम्बन्धी बैठक रामकिङ्कर प्रदर्शनी हलमा सम्पन्न भएको छ।
यस तयारी बैठकमा सहरका सबै क्षेत्रका कलाकार तथा विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो। दुवै कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन सबैले आ–आफ्नो धारणा राखेका थिए। अन्तमा मेयरले आफ्नो मन्तव्यमा सम्पूर्ण कार्यक्रमलाई सफल बनाउने लक्ष्य रहेको बताए। यसका साथै विहान रङ्गीन परेड र साँझ वैशाखी अड्डाको आयोजना गरिने छ।
पोइला वैशाखको दिन बंगाली नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिन्छ। यस दिन मानिसहरू नयाँ लुगा लगाएर मन्दिर जान्छन्।