विश्व क्यान्सर दिवसको उपलक्ष्यमा, मेडिका क्यान्सर अस्पताल, सिलगढी, (मणिपाल अस्पताल समूहको एक अंग) ले आज क्यान्सर पीडितहरूको एउटा उत्साहवर्धक सभा आयोजित गर्यो। कार्यक्रममा मेडिका क्यान्सर अस्पतालका सम्मानित पेशाकर्मीहरू, डा. स्वप्नेन्दु बसु, वरिष्ठ परामर्शदाता- रेडिएसन- अन्कोलोजी, डा. सौरभ गुहा, परामर्शदाता- रेडिएसन अन्कोलोजिस्ट, डा. अनिर्बान नाग, परामर्शदाता- सर्जिकल ओन्कोलोजी, डा. अर्कोप्रोभो हाल्दार – मेडिकल अन्कोलोजिस्ट, डा. निशाना पल, कनिष्ट परामर्शदाता, मेडिकल अन्कोलोजी र रेडिएसन अन्कोलोजी, डा. तारक नाथ मित्रा, परामर्शदाता – रेडिएसन अन्कोलोजिस्ट, डा. पृथ्वीजित मोइत्रा, एसोसिएट कन्सल्टेन्ट-रेडिएशन अन्कोलोजी, डा. एस. मरियम अहमद, कन्सल्टेन्ट-एनेस्थेसियोलोजिस्ट, डा. दीपन्निता मुखर्जी, कन्सल्टेन्ट-एनेस्थेसियोलोजिस्ट लगायत उपस्थित थिए जहाँ बिरामीहरूले क्यान्सर विरुद्धको आफ्नो उल्लेखनीय यात्राबारे अनुभवहरू साझा गर्दै उपस्थित सबैलाई प्रेरणा प्रदान गरे। विश्व क्यान्सर दिवस २०२५ ले नयाँ ‘युनाइटेड बाइ युनिक’ अभियानको पहिलो वर्षलाई चिन्हित गर्दछ, जुन क्यान्सर हेरचाहको लागि जन-केन्द्रित दृष्टिकोणमाथि केन्द्रित छ। यो दृष्टिकोणले व्यक्ति, परिवार र समुदायलाई स्वास्थ्य प्रणालीको केन्द्रमा राखेर स्वास्थ्य र क्यान्सर सेवाहरू कसरी तयार अनि वितरित गरिन्छ भन्ने आधारभूत परिवर्तनलाई प्रतिनिधित्व गर्दछ।
यस अवसरमा मुख्य अतिथिको रूपमा स्काई वाचर्स एसोसिएसन अफ नर्थ बेंगाल (एसडब्ल्यूएएन) का संस्थापक श्री देबासिस सरकार उपस्थित थिए। सरकार एक दिग्गज पत्रकार, शिक्षाविद् र विज्ञान कार्यकर्ता हुन जसले द इकोनोमिक टाइम्समा २५ वर्षभन्दा बढी काम गरिसकेका छन् भने वोकहार्ट र फाइजरसँग स्वास्थ्य सेवामा उनको एक विशिष्ट क्यारियर रहेको छ। श्री सरकारले २०१५ मा फैलिएको ठूला बी-सेल लिम्फोमालाई जित्ने आफ्नो प्रेरणादायी यात्रा साझा गर्दै भने, “क्यान्सर भएको जानकारी भारी हुनसक्छ, तर म सही उपचार, समर्थन र इच्छाशक्तिले क्यान्सरदेखि अलग एउटा पूर्ण जीवनलाई नेतृत्व गर्न सम्भव छ भन्ने जीवित प्रमाण हुँ। यदि मैले आज एक जनालाई पनि प्रेरणा दिन सकेमा, म मेरो यात्रालाई सफल मान्नेछु।” कार्यक्रममा बालबालिकाहरूद्वारा जीवन्त समूह नृत्य, क्यान्सर सर्भाइभर सुश्री डली मजुमदारद्वारा एकल नृत्य र अन्यद्वारा जीवन्त सांस्कृतिक अनि सांगीतिक प्रस्तुतिहरू समावेश थिए। क्यान्सरबाट बाँचेकाहरू धेरैले समान निदानको सामना गरिरहेका अरूलाई प्रेरित गर्ने सन्देशको साथ आफ्ना गाथासरू साझा गरे। कार्यक्रममा, डा. स्वप्नेन्दु बसु, वरिष्ठ परामर्शदाता र सल्लाहकार- रेडिएसन अन्कोलोजीले प्रारम्भिक पहिचानको महत्त्वलाई रेखांकित गरे। “मेडिकामा, क्यान्सर एक घातक रोग हो भन्ने गलत धारणालाई हामी चुनौती दिइरहेका छौं, उनले भने। प्रारम्भिक पहिचान सँगै विशेषगरि नियमित र समयोचित स्क्रीनिंग र हस्तक्षेप मार्फत क्यान्सरको उपचार अत्यधिक सम्भव छ।” उनले यस बारेमा सचेतना जगाउन आह्वान गर्दै भने, “नियमित चेक-अप र स्क्रिनिङको महत्वपूर्ण भूमिकाबारे आफू र आफ्ना प्रियजनहरूलाई शिक्षित गर्नु साझा जिम्मेवारी हो। बिमारीको प्रारम्भिक पहिचानले बाँच्ने दरमात्र बढाउँदैन तर बिरामीहरूको जीवनको गुणस्तरमा आमूल परिवर्तन गर्छ। हामी क्यान्सर रोकथाम र उपचारमा सुधार ल्याउने विषयहरूमा समर्पित हुनुपर्छ।”
कूच बिहारका संगीत शिक्षक श्री अमलेश चौधरीलाई २०२१ मा जिब्रोम क्यान्सर भएको थाहा भएको थियो। क्लिनिकल ओन्कोलोजिस्ट डा. सौरभ गुहाको हेरचाहमा, उनको सफल उपचार भयो र त्यसपछि उनी संगीत सिकाउने आफ्नो जोशमा फर्किएका छन्। उनले भने, “जब मलाई रोगबारे थाहा भयो, तब मैले सोचें कि मेरो आवाज र मेरो जीवनको काम सबै सकिएको आभाष गयो। तर मेरा चिकित्सकहरू र परिवारको अविश्वसनीय समर्थनका कारण, म क्यान्सर मुक्तमात्र भइन तर मेरा विद्यार्थीहरूलाई पढाउन पनि फर्किएँ जुन कामले मलाई अपार आनन्द दिन्छ। जलपाईगढीकी ७९ वर्षीया श्रीमती विभावती विश्वासले मुखको क्यान्सरसँगको आफ्नो लडाइँबारे बताइन्। सर्जिकल ओन्कोलोजीका क्लिनिकल सेवा- सर्जिकल अन्कोलोजीका प्रमुख निर्देशक तथा वरिष्ठ परामर्शदाता डा. मनिष गोस्वामीद्वारा संचालित उपचारले उनी रोगमाथि विजयी भइन् र आफ्नो साहस र जीवनप्रति उत्साहका साथ सबैलाई प्रेरणा दिइरहेकी छिन्। आफ्नो यात्रालाई प्रतिबिम्बित गर्दै उनले भनिन्, “मेरो उमेरमा यस्तो बिमारी पत्तो लाग्नु मृत्युको सजायजस्तो लाग्थ्यो। तर मेरा डाक्टरहरूले मदेखि कहिल्यै हार मानेनन्। आज, म हरेक बिहान आफ्नो परिवार र शुभचिन्तकहरूप्रति आभारी बनेर एउटा अर्को नयाँ दिन बिताउनलाई आभारी बनेर उठ्छु।” विद्यालयकी शिक्षिका श्रीमती संगीता पण्डितलाई अप्रेल २०१९ मा स्तन क्यान्सर भएको पत्ता लागेको थियो। उनले मणिपाल अस्पताल, ब्यांगलोरमा आफ्नो उपचार शुरू गरिन् र डा. अर्कोप्रोभो हालदर, मेडिकल अन्कोलोजिस्ट परामर्शदाता अन्तर्गत आफ्नो केमोथेरापी पूरा गरिन्। आज उनी आफ्नो व्यावसायिक र व्यक्तिगत जिम्मेवारीहरूलाई नयाँ जोशका साथ सन्तुलित गर्दै एक स्वस्थ, पूर्ण जीवनलाई अघि बढाइरहेकी छिन्। क्लिनिकल सर्भिस हेड अफ सर्जिकल अन्कोलोजीका निर्देशक डा. मनिष गोस्वामीले भने, “क्यान्सरसँग लडिरहेका बिरामीहरूको लागि उपचारमात्र पर्याप्त छैन। उनीहरूलाई सबैभन्दा बढी चाहिने कुरा हेरचाह र सहयोग हो। मेडिका क्यान्सर अस्पतालमा, हामी क्यान्सरको उपचार गर्न मात्र नभई बिमारी र उनीहरूका परिवारलाई उनीहरूको सम्पूर्ण यात्रामा सहयोग गर्न प्रतिबद्ध छौं। हाम्रो ध्यान प्रेममय दृष्टिकोणको साथ सबैभन्दा राम्रो सम्भावित हेरचाह प्रदान गर्नु रहन्छ। हाम्रा बिरामीहरूले उत्कृष्ट ओन्को हेरचाह र उपचार प्राप्त गर्ने कुरा सुनिश्चित गर्दै हामी ओन्को थेरापीमा नवीनतम प्रगतिहरू प्रयोग गर्छौं।” श्री मेडिका क्यान्सर अस्पताल र मेडिका उत्तर-बङ्गाल क्लिनिका अस्पताल निर्देशक संजय सिंह महापात्राले भने, “मेडिका क्यान्सर अस्पताल सम्पूर्ण उत्तर बंगाल र उत्तरपूर्वी भारतमा क्यान्सर उपचारको आधार हो। यी क्षेत्रहरूमा धेरै बिरामीहरू स्तन, पाठेघर, टाउको र घाँटी र ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सरसँग संघर्ष गरिरहेका छन्। बितेका वर्षहरूमा, हामीले हाम्रो बेड संख्या मात्र बढाएका छैनौं तर अत्याधुनिक हेलिकन एक्सटर्नल बीम रेडिएसन थेरापी पनि थपेका छौं। आज, यो ती बिमारीहरूको आशा र साहसको उत्सव हो जसले क्यान्सरको उपचार गराएका छन् र अकल्पनीय चुनौतिहरू हुँदा हुँदै पनि जीवनलाई अगाडि बढाउन फर्किआएका छन्। मेडिका क्यान्सर अस्पतालमा, हाम्रो मिशन भनेको भविष्य सिर्जना गर्नु हो जहाँ क्यान्सर अब जीवनको निम्ति कुनै खतरा रोग नभई यस क्षेत्रमा प्रारम्भिक पहिचान र उत्तम हेरचाहद्वारा पार गर्न सकिने चुनौती हो।”विजेताहरूको प्रेरणादायी गाथाहरू मार्फत यस जमघटले अस्तित्व, नवीकरण र प्रेमपूर्ण स्वास्थ्य सेवामाको गहिरो प्रभावले भरिएको यात्राको खुशीयाली मनायो। मेडिका अन्कोलोजिकल हेरचाहमा अग्रणी बनेर सेवा गरिरहँदा, तिनीहरूको प्रयासले उपचार मात्र होइन तर पुनर्स्थापित जीवन र भविष्यको लागि नयाँ आशा पनि प्रदान गर्दछ।