मेधवी स्किल युनिभर्सिटीले सिक्किमको मनन केन्द्रमा शाइन लाई लांच गर्यो

मेधवी स्किल्स युनिभर्सिटी (एमएसयू) ले १२ सेप्टेम्बर २०२३ मा सिक्किमको मनन केन्द्रमा अन्तर्राष्ट्रिय रोजगारका लागि स्किल हब (शाइन) को उद्घाटन गर्यो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा आयोजित यो कार्यक्रम विश्वविद्यालय र राज्यका लागि महत्वपूर्ण माइलस्टोन हो।

शाइन, एमएसयू र सिक्किम सरकारबीचको साझेदारी हो, जसको उद्देश्य सिक्किमका युवाहरूलाई सीप-एकीकृत उच्च शिक्षा र अपस्किलिंग प्रदान गर्नु, उनीहरूलाई विदेशी गतिशीलताको लागि तयार पार्नु र उनीहरूको क्षमताहरू विश्वव्यापी कार्यबलको मागअनुरूप छ भन्ने सुनिश्चित गर्नु हो, जसले गर्दा उनीहरूको अन्तर्राष्ट्रिय रोजगारक्षमता मा वृद्धि हुनेछ। सिकुनमा शाइन प्रोजेक्ट सेन्टर र तोपाखानीमा मेधावी पोलि डायग्नोस्टिक सेन्टरको भर्चुअल समारोहमा उद्घाटन गरिएको थियो।

मेधावी स्किल्स युनिभर्सिटीले जर्मनी, अष्ट्रेलिया, जापान र फिलिपिन्सका रोजगारदाता र व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा विदेशी भाषा, सांस्कृतिक अनुकूलन र विशिष्ट रोजगार क्षेत्रहरूको लागि प्राविधिक दक्षताहरूमा व्यापक प्रशिक्षण प्रदान गर्नेछ। मेधावी स्किल्स युनिभर्सिटीका सह–संस्थापक तथा प्रो–चान्सलर कुलदीप शर्माले भने, ‘हामी यहाँ अन्तर्राष्ट्रिय अवसरका लागि ढोका खोल्न र सफलताको मार्गलाई उज्यालो पार्न आएका छौं । असीम उत्साहका साथ हामी सिक्किमलाई उच्च शिक्षाको हब बनाउने यो दृष्टिकोणलाई अँगालेका छौं, जहाँ आकांक्षाहरूको कुनै सीमा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *