सिलगढ़ीमा जीवन शैलीजन्य रोगको बढ्दो भारबीच मेदान्तद्वारा पेडियाट्रिक लिभर हेरचाहमा जागरूकताको विस्तार

भारतको प्रमुख निजी स्वास्थ्य सेवा प्रदायक मेदान्ता- द मेडिसिटीले सिलगढ़ीमा आयोजित एक जनचेतनामूलक सत्रमार्फत पेडियाट्रिक लिभर सम्बन्धी स्वास्थ्य सङ्कटको विषयतर्फ ध्यान आकर्षित गराएको छ। मेदान्ताको पेडियाट्रिक ग्यास्ट्रोएण्टेरोलोजी, हेपाटोलोजी तथा लिभर ट्रान्सप्लाण्टकी सिनियर डाइरेक्टर डा. नीलम मोहनको नेतृत्वमा सम्पन्न भएको सत्रमा बालक-बालिकामा तीव्र रूपले बढ़िरहेको जीवन शैलीजन्य कलेजो रोग, विशेष गरी पहिले एनएएफएलडी भनेर चिनिने एमएएसएलडी (मेटाबोलिक एसोशिएटेड स्टियाटोटिक लिभर डिजिज) को चुनौतीलाई सम्बोधन गरियो।

कार्यक्रममा बोल्दै बीसी रोय राष्ट्रिय पुरस्कार प्रापक डा. नीलम मोहनले भनिन् – सिलगढ़ीमा पेडियाट्रिक लिभर रोगबारे चिकित्सक र अभिभावक दुवैमा जागरूकताको अहिले पनि कमी छ। यसको कारण विशेष गरेर बिलियरी एट्रेसिया जस्तो रोगमा धेरैजसो अवस्थामा ढिलो निदान हुन्छ। यो दुई हप्ताभन्दा अधिक उमेरका नवजात शिशुहरूमा जण्डिसको रूपमा देखा पर्ने सबैभन्दा सामान्य लिभर रोग हो। ढिलो निदानको कारण शिशुहरूमा गम्भीर लिभर रोग विकसित हुन्छ। प्यान्क्रियाटाइटिस शिशुहरूमा कम सामान्य भए पनि यो अर्को गम्भीर अवस्था हो जो प्रायः निदान हुन सक्दैन।

एण्टिबायोटिकको जतासुकै अनि अनावश्यक प्रयोगले बढ़िरहेको जोखिमको चिन्तामाथि जोड़ दिँदै डा. मोहनले भनिन्, “चिकित्सा पर्यवेक्षणबिना नै एण्टिबायोटिकको आफू खुशी प्रयोग साथै अत्यधिक प्रयोग सामान्य देखिन्छ जो धेरै जोखिमपूर्ण हो। यसले कलेजोको कार्यशक्ति र प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। अभिभावकहरू यसबारे सचेत रहनु आवश्यक छ। म मासिक रूपले सिलगढ़ीको ओपीडीमा 18 देखि 25 जना पेडियाट्रिक लिभर अनि ग्यास्ट्रो-इण्टेस्टाइनल रोगीहरूको उपचार गर्छु। प्रायः जसो पेडियाट्रिक लिभर रोगहरू सजिलै निदान नहुने सिलगढ़ी अनि यस्तै शहरहरूमा गुणस्तरीय शिक्षा, प्रारम्भिक स्क्रिनिङ र समयमै रेफरल प्रणालीको तत्काल आवश्यकता छ।

शहरमा मेदान्ताको ओपीडीमा मासिक 18 देखि 25 पेडियाट्रिक लिभर अनि जीआई मामिलाहरू रिपोर्ट भइरहेका छन् जसले जनचेतनामा वृद्धि अनि सुदृढ़ डायगोनोस्टिक र रेफरल प्रणालीको आवश्यकतालाई झल्काउँछ। यस क्षेत्रमा बढ्दो शहरीकरण र जीवनशैली परिवर्तनले प्रारम्भिक चरणमै कलेजो रोगको पहिचान र उपचारको मागलाई अझ तीव्र रूपले वृद्धि गरिरहेका छन्।

By Business Bureau