उत्तर-पूर्वमा विस्तारको लक्ष्यले म्याक-डोनाल्ड्सको गान्तोकमा डेब्यू

म्याक-डोनाल्डले सिक्किमको गान्तोकमा आफ्नो पहिलो रेस्टुरेण्ट आरम्भ गरेको छ जसले उत्तरपूर्वी भारतमा विस्तारको रणनैतिक उपलब्धि दर्शाउँछ। वेस्ट पोइण्ट मलमा अवस्थित 2240 वर्ग फुटको यस रेस्टुरेण्टमा 116 जना अतिथिहरूलाई बस्ने व्यवस्था छ। आधुनिक भोजनको अनुभवप्रति शहरको मागलाई ध्यानमा राख्दै विश्वव्यापी प्रेरित इण्टेरियर डिजाइनसित यसलाई प्रस्तुत गरिएको छ।

यस शुभारम्भप्रति उत्साह व्यक्त गर्दै म्याकडोनाल्ड्स इण्डिया, उत्तर र पूर्वका म्यानेजिङ डाइरेक्टर राजीव रञ्जनले भने, “जीवन्त र तीव्र गतिमा विकास भइरहेको गान्तोकजस्तो शहरमा म्याकडोनाल्ड्स ल्याउन पाउँदा हामी उत्साहित छौँ। उत्तरपूर्व विस्तार रणनीतिमा हाम्रो यो एउटा महत्त्वपूर्ण कदम हो र हाम्रा अफ्फरिङहरूले सिक्किमका मानिसहरू खुशी हुनेछन् भनेर हामी विश्वस्त छौँ।”


स्थानीय संस्कृति र पर्यटन-निर्देशित अर्थतन्त्रको मिश्रणले परिचित गान्तोक म्याकडोनाल्ड्सलाई स्वागत गर्न तयार छ। यसको विविध मेनु र सुलभ मूल्यहरूको कारण यस रेस्टुरेण्टले स्थानीय वासिन्दा अनि शहरमा लगातार आइरहने पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसले गान्तोकको व्यस्त खुद्रा तथा हस्पिटालिटी क्षेत्रमा हलचल ल्याउनेछ। रेस्टुरेण्टमा सेल्फ-अर्डर कियोस्क, टेबल सेवाहरूको विशेषतासितै महाराजा म्याक, म्याक स्पाइसी बर्गर अनि म्याक आलु टिक्की जस्ता परिकारहरू उपलब्ध छन्। म्याकडोनाल्ड्सले आफ्नो म्याकडोनाल्ड्स फर यूथ कार्यक्रममार्फत स्थानीय रोजगार सृजनाप्रति आफ्नो प्रतिबद्धतामाथि पनि जोड़ दिएको छ जसले पछाड़िएका समुदायहरूलाई सशक्त बनाउने उद्देश्य राख्दछ।

By Business Bureau