सिलगढ़ी क्षेत्रमा पानीको सङ्कट समाधान गर्ने दिशामा एक कदम चाल्दै मेयर गौतम देवले शुक्रवार अम्रुत 2.0 परियोजनाअन्तर्गत फूलबारीमा दोस्रो चरणको वाटर ट्रिटमेण्ट प्लाण्ट (पानी प्रशोधन संयन्त्र)को आधारशिला राखेका छन्। कार्यक्रममा सिलगढ़ी नगर निगम (एसएमसी) का अध्यक्ष प्रातुल चक्रवर्ती, उपमेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त, विपक्षी नेता अमित जैन साथै निगमका अभियन्ताहरू र पार्षदहरू उपस्थित थिए।
प्राप्त जानकारीअनुसार यो विशाल शुद्ध पिउने पानी परियोजना अम्रुत 2.0 योजनाअन्तर्गत लगभग 511 करोड़ रुपियाँको लागतमा निर्माण भइरहेको छ। परियोजनाको पहिलो चरण केही महीनाअघि गजलडोबामा 204 करोड़ रुपियाँको लगानीमा आरम्भ भएको थियो र पाइपलाइनको 42% काम पहिले नै सम्पन्न भइसकेको छ। गजलडोबामा टिस्टा नदीबाट पानी इण्टेक वेल र पाइपलाइन प्रणालीमार्फत फूलबारी पानी प्रशोधन संयन्त्रमा ल्याइनेछ। शुद्धिकरणपछि यो पानी सिलगढ़ी क्षेत्रमा आपूर्ति गरिनेछ। शुक्रवार दोस्रो चरणको आधारशिला राखिएको हो जसमा लगभग 287.20 करोड़ रुपियाँको लागतमा पानी प्रशोधन संयन्त्रको निर्माण समावेश छ। यस सुविधाले फिल्टर गरिएको पिउने पानी उपलब्ध गराउने र क्षेत्रमा पानीको अभाव कम्ती गर्ने लक्ष्य राखेको छ।
मेयरद्वारा फूलबारीमा दोस्रो चरणको वाटर ट्रिटमेण्ट प्लाण्टको शिलान्यास
