मेयर गौतम देवले आज सिलगढी नगर निगमको बैठक हलमा पुलिस प्रशासन, स्कूलका शिक्षकहरू, सरकारी विभागका अधिकारीहरू र विभिन्न स्वैच्छिक संस्थाहरूसँग बाल संरक्षणको बारेमा छलफल गरे। मेयर गौतम देवले बालश्रम निवारण र बाल संरक्षणका विभिन्न योजना अवलम्बन गर्ने विषयमा छलफल भएको बताए । छलफलमा प्रायः सबैको सहभागिता थियो । नयाँ समिति गठन गरी सो समितिमार्फत बालबालिकालाई सामान्य जीवनयात्रामा फर्काउन र उचित हेरचाह गर्न पहल गरिनेछ । उनले सडकमा घुमफिर गर्ने बालबालिका र गरिब घरका बालबालिकाको पहिचान गरी शिक्षाका लागि पहल गर्नुपर्ने पनि बताए । यसका साथै बाल बेचबिखनको पक्षलाई पनि हेरिनेछ ।