मेयर गौतम देवले तृणमूल कांग्रेसका नेताको अवैध निर्माणलाई कारबाही गर्ने आश्वासन दिँदै भने, ‘अवैध निर्माणलाई कुनै पनि हालतमा कारबाही गरिने छ

सिलगढीका मेयर गौतम देवले सिलगढी नगरपालिकाको वार्ड नम्बर ४७ मा तृणमूल कांग्रेस नेताको अवैध निर्माणलाई कारबाही गर्ने आश्वासन दिएका छन्। शनिबार टक टु मेयर कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै उनले जुनसुकै दलको व्यक्ति वा नेता भएपनि अवैध निर्माण हुन नसक्ने बताए ।

उनलाई कारबाही गरिने बताईएको छ, वार्ड नम्बर ४७ का स्थानीय तृणमूल कांग्रेस नेता सौमित्र देवनाथको अवैध निर्माण भत्काउन शुक्रबार नगरपालिकाका कर्मचारी गएका थिए । निर्माण भत्काउन खोज्दा मजदुरहरूले स्थानीय तृणमूल कांग्रेसका कार्यकर्ताहरूको अवरोधको सामना गर्नुपरेको थियो।

नतिजा, अवैध निर्माण भत्काउन नदिई फर्किनु परेको छ ।निर्माणलाई भत्काउनबाट जोगाउन तृणमूल नेताले आफ्नो घरमुनि तृणमूल कांग्रेस पार्टी कार्यालय खोलेका छन् । यस विषयमा मेयरलाई सोध्दा उनले तृणमूल कांग्रेस वा अन्य कुनै पनि राजनीतिक दलको अवैध निर्माणलाई कारबाही गरिने स्पष्ट पारे। कसैलाई पनि छुट दिइने छैन