कोचबिहार कलेजमा भीषण आगलागी

बुधवार राति 10.30 बजीतिर कलेजको भूगोल प्रयोगशालामा आगलागी भएको छ। खबर पाएपछि दमकलका दुईवटा इञ्जिन घटनास्थलमा पुगे। कोतवाली पुलिस चौकीको टोली पनि त्यहाँ पुगेको थियो। लगभग 11.30 बजीसम्म आगो नियन्त्रणमा ल्याइएको पुलिसले जनाएको छ। पुलिसले जनाएअनुसार प्रयोगशालामा रहेका 40 वटा कम्प्युटर क्षतिग्रस्त भएका छन्। तर आगलागीको कारणबारे भने अझै स्पष्ट भएको छैन।
सूत्रअनुसार उक्त राति लगभग 9 बजीतिर कोचबिहारमा प्रचण्ड हुरीसहितको पानी परेको थियो। त्यसै समयमा कलेजको दोस्रो तल्लामा रहेको भूगोल प्रयोगशालामा स्थानीयहरूले ठूलो आगो लागिरहेको देखे। धेरै स्थानीय मानिसहरू कलेजअघि भेला भएका थिए। सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण फैलिएको थियो। त्यसपछि स्थानीयहरूले नै घटनाबारे दमकललाई खबर गरे।
भूगोल प्रयोगशाला पूर्ण रूपले जलेर नष्ट भएको कलेजका तर्फबाट जानकारी दिइएको छ। सबै कम्प्युटर अन अवस्थामा थिए। कलेज प्रशासनको अनुमानमा झरीको समय परेको चट्याङका कारण आगो लागेको हुन सक्छ। कलेजको गभर्निङ बोर्डका सदस्य रतन चन्द्र दासले भने, कसरी आगो लाग्यो भनेर अझै स्पष्ट भएको छैन। तर प्रयोगशालाभित्र रहेका धेरै कम्प्युटरहरू क्षतिग्रस्त भएका छन्। कोचबिहार कलेजका प्रिन्सिपल पङ्कजकुमार देवनाथ अहिले कोलकातामा छन्। यस विषयमा बिहीवार गभर्निङ बोर्डको बैठक बस्ने कलेजको तर्फबाट जनाइएको छ।

By Piyali Poddar