भारत मोबिलिटी ग्लोबल एक्सपो 2025 मा मारुती सुजुकी इण्डिया लिमिटेड (एमएसआईएल) ले आफ्नो पहिलो ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) एसयूभी, ई भिटारा प्रस्तुत गरेको छ। नयाँ हार्टेक्ट-ई प्लेटफर्मद्वारा निर्मित ई-भिटाराले उच्च प्रदर्शन, एकपल्ट चार्ज गर्दा 500 किलोमिटरभन्दा अधिकको रेञ्ज साथै लेभल 2 एडीएएस जस्ता उन्नत सुरक्षा विशेषताहरू उपलब्ध गराउने वचनबद्धता दिँदछ।
सुजुकी मोटर कर्पोरेशनका प्रेसिडेण्ट तोशिहिरो सुजुकीले समर्पित प्लेटफर्म र ग्राहक-केन्द्रित उत्पादहरूमार्फत बीईभीको आकर्षण बढ़ाउने कम्पनीको रणनीतिमाथि जोड़ दिए। एमएसआईएलका म्यानेजिङ डाइरेक्टर हिशाशी ताकेउचीले ‘ई फर मी’ इलेक्ट्रिक इको-सोलुसनहरूमाथि विशेष रूपमा जोड़ दिए जसमा स्मार्ट होम चार्जरहरू अनि शीर्ष 100 शहरहरूमा फास्ट-चार्जिङ नेटवर्क समावेश छन्।
नेक्सा डिलरशिपमार्फत ई भिटारा उपलब्ध हुनेछ अनि 100 भन्दा अधिक देशहरूमा निर्यात गर्ने योजनासहित भारतलाई ईभी निर्माणमा वैश्विक केन्द्रको रूपमा खड़ा गर्ने लक्ष्य राखेको छ। यस वाहनले भविष्यमा आधारित डिजाइन र प्रिमियम सुविधाहरूको संयोजन गरेको छ जसले मारुती सुजुकीको विद्युतीय भविष्यप्रति प्रतिबद्धतालाई महत्त्वपूर्ण कदमको रूपमा प्रस्तुत गर्दछ।