मारुति सुजुकी इन्डिया लिमिटेड (एम एस आई एल) ले आफ्नो बहुप्रतिक्षित आल न्यू सेलेरियो लन्च गर्ने घोषणा गरेको छ। कम्पनीले नयाँ सेलेरियो भारतको सबैभन्दा इन्धन कुशल पेट्रोल कार भएको दाबी गरेको छ जसले २६.६८ किलोमिटर/लिटरको उत्कृष्ट माइलेज दिन्छ। यो कार नेक्स्ट जेनरेशनको डुअल जेट, आइडल स्टार्ट-स्टप टेक्नोलोजीसहितको डुअल भीभीटी के-सिरिज इन्जिनद्वारा सञ्चालित छ जसले एक उत्साहजनक ड्राइभ अनुभव प्रदान गर्दछ।
यो कार नयाँ युगको डिजाइन, परिष्कृत सडक उपस्थिति, सेफ्टी अफ होस्ट र स्मार्ट सुविधाहरूले पनि सुसज्जित छ। आइडल स्टार्ट-स्टप जस्ता सेगमेन्ट-फर्स्ट सुविधाहरूको साथ, नयाँ सेलेरियो ले भेरियन्टहरूमा १९% सम्म सीओ२ उत्सर्जन घटाएर दिगोपनतर्फ एक कदम अगाडि बढ्छ। इन्जिनले ८९एन एम@३५००आरपीएम को टर्क र ५०केडब्लु@६०००आरपीएम को पावर प्रदान गर्दछ। कारमा उच्च टेन्साइल स्टिल र १२+ सुरक्षा सुविधाहरूको व्यापक प्रयोगले सुरक्षित सवारी सुनिश्चित गर्छ। कार एलएक्सआई, वीएक्सआई, जेडएक्सआई र जेडएक्सआई+ भेरियन्टहरूमा म्यानुअल ट्रान्समिसन र अटो गियर सिफ्ट विकल्पहरूसँग आउँछ।