बिहानैदेखि परेको अविरल वर्षाका कारण सिलगढीका धेरै क्षेत्र जलमग्न भएका छन्

दार्जिलिङ जिल्लाको तराई र पहाडी क्षेत्रमा बुधबार बिहानैदेखि भारी वर्षा भइरहेको छ। अविरल वर्षाले जनजीवन कष्टकर बनेको छ। उत्तर बंगालका पाँच जिल्ला बाहेक दार्जिलिङ, कालिम्पोङ जिल्लामा पनि पानी परेको छ। अविरल वर्षाका कारण सिलगढी नगरपालिकाको वार्ड नम्बर ३१ र ३२ को अशोक नगर लगायतका ठूलो क्षेत्र जलमग्न भएका छन् ।झण्डै घुँडा गहिरो पानी जम्मा हुँदा स्थानीयवासीले समस्यामा परेका छन्। धेरै घरमा पानी पसेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि यस क्षेत्रमा पानी जम्ने भएकाले स्थानीयलाई समस्या भएको छ । लामो समयदेखि यो समस्या रहेको भन्दै धेरै दलका नेतासमेत आएका स्थानीयको गुनासो छ । यसका लागि उनले कुनै समाधान भने दिएनन्। एक घण्टाको अविरल वर्षामा अशोकनगर क्षेत्रमा घुँडासम्म पानी जमेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *