मणिपालसिग्नाद्वारा सर्व-को शुभारम्भ

सबभन्दा द्रुत वृद्धि हुने स्ट्याण्डअलोन स्वास्थ्य बीमा कम्पनीमध्ये एक मणिपालसिग्ना स्वास्थ्य बीमाले आफ्नो नयाँ स्वास्थ्य बीमा अफर मणिपालसिग्ना सर्व ल्याएको घोषणा गरेको छ। सम्पूर्ण स्वास्थ्य बीमा समाधान प्रदान गर्नका लागि डिजाइन गरिएको सर्व, जसको अर्थ सबैको निम्ति, भारतको लुप्त मध्यम जनसंख्यामाथि विशेष ध्यान दिनका साथै व्यापक ग्राहक वर्गका लागि किफायती अनि समावेशी स्वास्थ्य कवरेज प्रदान गर्दछ।

भारतले सरुवा, नसर्ने र जीवनशैली रोगहरूको ट्रिपल रोग बोझसँग लडिरहेको छ। नीति आयोगको हेल्थ इन्स्योरेन्स फर इण्डियाज मिसिङ मिडल रिपोर्टका अनुसार कम्तिमा ३० प्रतिशत जनसंख्या, वा ३५-४० करोड़ व्यक्तिहरू द मिसिङ मिडल को खण्डमा पर्ने स्वास्थ्यका लागि कुनै आर्थिक सुरक्षाबाट वञ्चित छन्। मणिपालसिग्ना हेल्थ इन्स्योरेन्सका प्रबन्ध निर्देशक र सीईओ श्री प्रसुन सिकदारले यो शुभारम्भको बारेमा टिप्पणी गर्दै भने, मणिपालसिग्ना सर्व को शुरुआतसँगै हामीले एक पूर्ण स्वास्थ्य बीमा समाधान प्रस्तुत गर्दैछौं, जसले विभिन्न ग्राहक वर्गहरूलाई मात्र नभई रणनीतिक रूपमा पनि सम्बोधन गर्दछ।

यसका साथै सरकार अनि नियामकको २०४७ सम्म सबैको निम्ति बीमाको दृष्टिकोणलाई अघि बढ़ाउँछ।

By Business Bureau