पूर्वी भारतको पहिलो एआई-प्रेरित वायरलेस पेसमेकर प्रविधि प्रस्तुतिमा अग्रगामी मणिपाल अस्पताल उन्नत हृदय उपचार खोज्ने नेपालका रोगीहरूलाई आशाको किरण

मुटुको उपचारमा परिवर्तनकारी कोसेढुङ्गो गाड्दै भारतको सबैभन्दा ठूलो स्वास्थ्य सेवा नेटवर्कमध्ये एक मणिपाल अस्पतालले एआई-प्रेरित वायरलेस इञ्जेक्टेबल पेसमेकर सफलतापूर्वक स्थापित गरेको घोषणा गरेको छ। एबटद्वारा विकसित अवेयर लिडलेस पेसमेकर हालै मात्र भारतीय बजारमा प्रवेश गरेको हो। ढकुरियास्थित मणिपाल अस्पताल यो प्रक्रिया गर्ने पूर्वी भारतको पहिलो केन्द्र बनेको छ। यो जीवनदायी उपकरण 65 वर्षका रोगीको मुटुमा सफलतापूर्वक जड़ान गरिएको छ जसले गर्दा तिनीहरू यस क्षेत्रको भविष्यमुखी पेसमेकर प्राप्त गर्ने पहिलो संस्था बने। अमेरिका र युरोपमा पहिले नै प्रयोगमा रहेको यो अभिनव पेसमेकरले मुटुको धड़कन सम्बन्धी समस्याहरू व्यवस्थापन गर्न परम्परागत पेसमेकरहरूको तुलनामा भारतीय रोगीहरूलाई अधिक सुरक्षित र कम आक्रामक विकल्प प्रदान गर्दछ। विशेष गरी, पूर्वी भारतको दोस्रो र तेस्रो प्रक्रिया पनि मेडिका सुपरस्पेसियालिटी हस्पिटल(मणिपाल अस्पतालको एकाइ) अनि मणिपाल, मुकुन्दपुरमा सम्पन्न गरियो। यस अभूतपूर्व उपलब्धिले नेपालका लागि पनि आशाको किरण जगाएको छ जहाँ उन्नत मुटुको उपचारको माग निरन्तर बढ्दै गइरहेको छ। नेपाल हेल्थ रिसर्च काउन्सिलको 2020 को अध्ययन अनुसार, नेपालमा मृत्युको मुख्य कारणमध्ये हृदय रोग एक हो जसमा मुटु सम्बन्धी समस्याको कारण लगभग 20% मृत्यु हुन्छ। पूर्वी भारतमा अवस्थित मणिपाल अस्पताल केन्द्रहरूबाट नेपालका रोगीहरूले अब लामो दूरीको यात्रा नगरी अत्याधुनिक उपचार पाउनेछन्। यजसले सुविधा र उच्च-गुणस्तरीय उपचार घरनजिक सुनिश्चित गर्दछ।

अवेयर लिडलेस पेसमेकरको तौल 2.4 ग्राम मात्र छ र यसले न्यानोटेक्नोलोजीको प्रयोगले मुटुभित्र सुरक्षित ढङ्गमा रहन सक्छ। यसको आयु 20-25 वर्ष छ जुन सामान्य पेसमेकरहरूको (7-8 वर्ष) तुलनामा लगभग तीन गुणा लामो हो, जसले गर्दा पेसमेकर प्रतिस्थापनको आवश्यकतालाई कम्ती गर्छ। यसको गैर-चुम्बकीय डिजाइनले यसलाई विमानस्थलको स्क्यानर, एमआरआई मेसिन र उच्च-भोल्टेज विद्युतीय धारा जस्ता समस्याबाट मुक्त बनाउँछ जसले रोगीको दैनिक क्रियाकलापहरूमाथि कुनै प्रकारको प्रभाव नपार्ने सुनिश्चित गर्दछ। नयाँ उपकरणको महत्त्वबारे स्पष्ट पार्दै मणिपाल अस्पताल, ढकुरियाका इण्टरभेन्सनल कार्डियोलोजिस्ट डाक्टर पी. के. हजाराले भने, “यो पेसमेकर रिचार्जेबल नभए पनि यसमा अनौठो विशेषता छ। यसलाई सिङ्गलबाट डुअल-च्याम्बर कन्फिगरेशनमा अपग्रेड गर्न सकिन्छ। यसले रोगीहरूलाई बहुउपयोगी र दीर्घकालीन समाधान प्रदान गर्दछ। यसले मुटुको दाहिने एट्रियम र दाहिने भेण्ट्रिकललाई प्रभावकारी रूपले अलग गर्छ साथै नियमन गर्न सक्छ। यस पेसमेकरले आक्रामक सर्जरी र वाह्य तारहरूको आवश्यकता हटाउँछ साथै ब्लुटुथ-सक्षम प्रविधिसहित रिमोट मोनिटोरिङ र समायोजनको सुविधा दिन्छ। विश्वभरिका विशेषज्ञहरूले अब आफ्ना रोगीहरूलाई अनलाइन निगरानी गर्न सक्छन् जसले गर्दा बारम्बार अस्पताल भ्रमण गर्ने आवश्यकता कम्ती हुन्छ।”

मणिपाल अस्पतालअन्तर्गत मेडिका सुपरस्पेसियालिटी अस्पतालका कार्डियक क्याथ ल्याबका निर्देशक तथा वरिष्ठ परामर्शदाता डाक्टर दिलीप कुमारले भने, “वायरलेस पेसमेकरहरू अब पूर्ण रूपले वास्तविकता बन्दैछन्। अघिल्ला मोडलहरूले एट्रियम र भेण्ट्रिकल दुवैलाई नियन्त्रण गर्न सक्दैन थिए। यस आविष्कारले हामीलाई उत्साहित बनाएको छ किनकि यसले रक्तस्राव, सङ्क्रमण, तार हट्नेजस्ता समस्याहरूलाई धेरै कम्ती गर्छ। यसले डाक्टर र रोगी दुवैका लागि अभूतपूर्व सहजता प्रदान गर्दछ।” मणिपाल अस्पताल, ढकुरियाका कार्डियोलोजिष्ट डाक्टर सुमन्ता च्याटर्जी थप्छन्, “यस पेसमेकरले परम्परागत पेसमेकर अनुपयुक्त ठहरिएका रोगीहरूका लागि नयाँ सम्भावना खोलिदिएको छ। मुटुमा परम्परागत पेसमेकर उपकरण र तार (लीड) प्रत्यारोपण गर्दा सर्जरीको आवश्यकता पर्छ जसले प्रायः सङ्क्रमण जस्तो समस्या निम्त्याउँछ। इञ्जेक्टेबल वायरलेस पेसमेकर भने मुटुको दाहिने भेण्ट्रिकलमा प्रत्यक्ष रूपमा इञ्जेक्ट गरिन्छ जसले वाह्य तार र सर्जिकल पकेटको आवश्यकता हटाउँछ। यो उपकरण कमजोर प्रतिरोध प्रणाली भएका, छाला सम्बन्धी समस्या भएका, डायलाइसिसमा रहेका, रगत पातलो बनाउने औषधी लिएका रोगीहरूका लागि पनि उपयुक्त छ। यसको न्यूनतम आक्रामक प्रकृतिले यसलाई वृद्धहरू वा डराउने महिलाहरूका लागि पनि आदर्श बनाउँछ।” यूएसएफडीए र युरोपियन मेडिकल अथोरिटीद्वारा अनुमोदित इञ्जेक्टेबल पेसमेकरलाई अपनाउने भारत विश्वको तेस्रो देश बनेको छ। हृदय रोगहरूको दर बढ़िरहेको वर्तमान अवस्थामा भारतले जस्तै नेपालले पनि यस आविष्कारबाट अत्यधिक फाइदा लिन सक्छ। यसले रोगीहरूलाई स्थायी समाधान प्रदान गर्न सक्छ जसले तिनीहरूको जीवनस्तरमा सुधार अनि अझ प्रभावकारी मुटुको उपचार सुनिश्चित गर्न सक्छ। यो प्रक्रिया केवल प्रमाणित प्रशिक्षण प्राप्त गरेका साथै प्रमाण पत्रधारी विशेषज्ञहरूले गर्न पर्नेछ जसले गर्दा उच्च गुणस्तरको उपचार सुनिश्चित होस्।

By Business Bureau