प्रधानमन्त्री मोदीलाई ममताको पत्र

तृणमूल कंग्रेस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै आउँदो १० र ११ जुलाई सड़कमा निस्किनेछ तर त्यसअघि सोमवार राज्की मुख्यमन्त्री ममता ब्यानर्जीले पेट्रोलियम पदार्थलगायत दैनिक आवश्यक सामग्रीहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र पठाइन् । पत्रमा मुख्यमन्त्रीले भनिन्, जस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धि भइरहेको छ त्यसले गर्दा साधारण मानिसहरूको जीवन कष्टकर भएको छ, यसबारे केन्द्र सरकारले हस्तक्षेप गर्नु उचित हुनेछ । तिनले भनिन्, पेट्रोलको प्रतिलिटर मूल्य केही राज्यहरूमा एक सय रुपियाँ नाघे छ, गत ४ मईदेखि आजसम्म केन्द्र सरकार डीजलको मूल्य आठपल्ट बढाइसक्यो, यसमध्ये जून महीनामा ६ पल्ट मूल्य बढ़ाइयो, यसको फलस्वरूप मानिसको जीवन कष्टकर भएको छ किनभने ईन्धनको मूल्यवृद्धिको प्रभाव सोझै दैनिक आवश्यक सामानहरूमाथि पर्छ । प्रधानमन्त्री मोदीलाई ममता ब्यानर्जीले स्मरण गराएअनुसार सन् २०२० को मई महीनाको तुलनामा यसपालि मई म हीनामा खुद्रा सामानहरूको मूल्य सूचकांक १२.९४ प्रतिशत बढ्यो । खानेतेलको मूल्य ३०.८ प्रतिशत, अण्डाको मूल्य १५.२ प्रतिशत अनि फलफूलको मूल्य १२ प्रतिशत बढ्यो । यसको निम्ति प्रत्यक्ष रूपले नै ईन्धनको मूल्यवृद्धि दायी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *