पञ्जाब-हरियाणामा ममता ब्यानर्जीको चासो कीर्ति आजादलगायत अन्य तृणमूलमा सामेल

त्रिपुरा र गोवापछि उत्तर भारतमा पार्टीको विस्तार साथै पार्टीलाई शक्तिशाली बनाउनु तृणमूल कङ्ग्रेसको मुख्य लक्ष्य भएको छ। अहिले राजधानीको भ्रमणमा रहेकी पश्चिम बङ्गालकी मुख्यम न्त्री तथा तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले यस्तै स्पष्ट पारेकी छन् । कीर्ति आजाद, पवन बर्मा र अशोक तनवर तृणमूल कङ्ग्रेसमा सामेल भएपछि ममता ब्यानर्जीले जनाए अनुसार तिनी शीघ्र पञ्जाब अनि हरियाणा जान चाहन्छिन् । नयाँ दिल्लीमा तिनले भनिन्, हरियाणा र पञ्जाब यहाँबाट धेर टाढ़ो छैन । तपाईंहरूले जति छिटो भन्नु हुनेछ त्यति नै छिटो म हरियाणा र पञ्जाब जानेछु दिल्लीमा भदै अभिषेक ब्यानर्जीको घरबाहिर भेला भएका तृणमूल कङ्ग्रेस समर्थकहरूलाई सम्बोधन गर्दै मम ताले भनिन्, तपाईंहरू यति धेरै कष्ट गरेर यहाँ आउनु भयो, धन्यवाद ।

यसको साथै देशको हितका लागि भाजपालाई पराजित गर्ने निर्णय लिएकोमा तपाईंहरूलाई धेरै धन्यवाद दिँदछु । म सबै राज्यलाई साथमा लिएर अघाड़ि बढ्न चाहन्छु। त्रिपुराको हिंसात्मक परिस्थितिमाथि सोमवार दिल्लीमा तृणमूल कङ्ग्रेसका सांसदहरूले प्रदर्शन गरे साथै केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटघाट गरे । यस्तो परिस्थितिमाझ ममता ब्यानर्जी सोमवार अपराह्न दिल्ली आइपुगेकी हुन् । चार दिनको राजधानी भ्रमण अवधि तिनका केही राजनैतिक र आधिकारिक कार्यक्रम हरू छन्।

ममता ब्यानर्जीको उपस्थितिमा नै मङ्गलवार राजनैतिक जगतका परिचित केही व्यक्तिहरू तृणमूल कङ्ग्रेसमा सामेल भए कवि, गीतकार जावेद अख्तरलगायत समाजका विशिष्ट व्यक्तिहरूसँग ममता ब्यानर्जीको बैठक पनि सम्पन्न भएको छ। दिल्लीमा आवास अवधि ममता ब्यानर्जीको प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको कार्यक्रम छ । अन्तर्राष्ट्रिय सिमानामा सीमा सुरक्षा बलको क्षमता वृद्धिलगायत राज्यको बकायाबारे मोदीसँग ममताले कुराकानी गर्ने सम्भावना छ । पश्चिम बङ्गाल विधानसभा चुनाउमा प्रचण्ड जीतपछि तृणमूल कङ्ग्रेसमा विभिन्न दलका|

Leave a Reply

Your email address will not be published. Required fields are marked *