महिन्द्रा फर्स्ट च्वाइस-समर्थित अटो कन्टेन्ट र कमर्स पोर्टल कार एण्ड बाइकले हालै सिक्किम ह्वील्ससँगको साझेदारीमा गान्तोकमा प्रयोग गरिएको कार स्टोर लांच गर्यो। गान्तोकको एडमपुलमा अवस्थित यस स्टोरले ग्राहकहरुलाई विभिन्न प्रकारका सर्टिफाइड पूर्व-स्वामित्व भएका कारहरु प्रदान गर्नेछ । ग्राहकले ग्यारेन्टी बाई ब्याक प्राप्त गर्न, भारतको सबैभन्दा व्यापक दुई वर्षको प्रयोग गरिएको कार वारेन्टी प्राप्त गर्न र होम टेस्ट ड्राइभको लागि कार अनलाइन रिजर्भ गर्न सक्नेछन। यो नयाँ स्टोरको साथ, महिन्द्रा फर्स्ट च्वाइस र कार एण्ड बाइकको भारतभर १,०५० भन्दा बढी फिजिकल टच पोइन्ट र आउटलेटहरू उपलब्ध छन् ।
गान्तोकमा कार एण्ड बाइकको यस नयाँ स्टोरले डिजिटल र फिजिकल फर्म्याटको संयोजनमा उत्कृष्ट कार खरिद अनुभव प्रदान गर्नेछ। यसमा हुन्डाई, मारुती, होन्डा, किया र महिन्द्रा जस्ता विश्वसनीय कार कम्पनीका पूर्व-स्वामित्व कारहरू छन्। स्टोरले नि: शुल्क होम-टेस्ट ड्राइभहरू, सात दिनको सजिलो रिटर्न, कुनै पनि समयमा ग्यारेन्टी गरिएको बाय-ब्याक, र नि: शुल्क आरसी ट्रांसफर प्रदान गर्दछ। गान्तोकका बासिन्दाहरूलाई प्रमाणित पूर्व-स्वामित्व वाहनहरू किन्न स्टोरमा जान प्रोत्साहित गरिन्छ।
सिक्किम ह्वील्सका प्रबन्ध निर्देशक प्रमोद डालमियाले भने, “हामी हाम्रा ग्राहकहरूलाई हाम्रो उत्कृष्ट ग्राहक अनुभव र कडा निरीक्षण प्रक्रियामार्फत सेवा प्रदान गर्न तत्पर छौं जसले हाम्रो स्टोरबाट केवल उत्कृष्ट कारहरू मात्र बिक्री हुन्छ भन्ने सुनिश्चित गर्छ।”