महेश बाबुले अस्वीकार गरे ऋतिक रोशनको मेगा बजेट फिल्म

साउथ इण्डियन सुपरस्टार महेश बाबुले बलिउड सुपरस्टार ऋतिक रोशनको फिल्म खेल्न अस्वीकार गरेका छन् । महेश बाबुले ऋतिक रोशनको मेगा बजेट फिल्म रामायण खेल्न अस्वीकार गरेका छन् । फिल्म निर्माता मधु मन्टेनाले नितिश तिवारीसँग रामायण घम् फिल्म बनाउने घोषणा गरेका थिए ।

यता, रामायणमा भने ऋतिक रोशन र दीपिका पादुकाण मुख्य भूमिकामा देखिनेछन् । उक्त फिल्ममा महेश बाबुलाई रामायणको भूमिकाका लागि अफर गरिएको थियो तर तिनले उक्त फिल्म गर्न अस्वीकार गरिदिए । सुत्रका अनुसार मधु मन्टेना र नितिश तिवारीले अर्को वर्ष सन् २०२२ को मध्यबाट रामायणको सुटिङ गर्न शुरु गर्ने योजना बनाएका थिए तर महेश बाबुले उक्त समयमा एस एस राजमौलीको फिल्म गर्ने घोषणा गरिसकेकोले तिनले फिल्म खेल्न अस्वीकार गरेका हुन् । उक्त फिल्ममा ऋतिक रावणको भूमिकामा, सीताको भूमिकामा दीपिका देखिनेछिन् भने रामको भूमिकाका लागि अभिनेताको खोजी भइरहेको सञ्चारमाध्यमले जनाएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *