थर्मोकोल कारखानामा आगलागी हुँदा लाखौंको क्षति

हावडा डोमजुरस्थित थर्मोकोल कारखानामा आगलागी भएको छ । आज बिहान करिब दश बजे कारखानाको गोदाममा अचानक आगलागी भएको हो । गोदाममा राखिएको थर्मोकोल जल्न थाल्यो । आगो यति भीषण थियो कि टिन कारखानाको शेड ध्वस्त भएको छ । कर्मचारीहरुले तत्काल आगो निभाउन थाले । जसका कारण सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको छ । खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेको थियो । कारखानाका कर्मचारी र दमकलले तत्काल आगो नियन्त्रणमा लिएका थिए । आगलागी के कारणले भएको हो भन्ने अझै खुल्न सकेको छैन । आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।