टस हार्नु निर्णायक बन्यो: धोनी

इण्डियन प्रीमियर लीग (आइपीएल) को १४औं संस्करणअन्तर्गत शनिवार राति खेलिएको म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्स विरुद्ध ७ विकेटले जीत हासिल गयो । म्याचमा टस हारेर पहिला ब्याटिड्ग गर्दै चेन्नई सुपर किङ्ग्सले युवा ओपनर रुतुराज गायकवाड़को विध्वंशी शतकको सहायताले २० ओभरमा ४ विकेटको नोक्सानमा १८९ रनको स्कोर बनायो रुतुराजले ६० बलमा नौवटा चौका र पाँचवटा छक्काको सहायताले अविजित १०९ रन बनाए। आइपीएलमा यो उनको पहिलो शतक हो ।

जवाफमा राजस्थान रोयल्सले १७.३ ओभरमै ३ विकेट गुमाएर १९० रनको लक्ष्यलाई हासिल गयो रोयल्सको तर्फबाट शिवम दुबेले ४२ बलमा चारवटा छक्का र त्यति नै चौकाको सहायताले अविजित ६४ रन र युवा यशस्वी जयसवालले आधा दर्जन चौका र तीनवटा छक्काको सहायताले २१ बलमा ५० रन बनाए। म्याचमा हारको सम्मुखीन भएपछि चेन्नई सुपर किङ्ग्सका कप्तान एमएस धोनीले पीचमा शीतको असरले गर्दा टस हार्नु निर्णायक भएको बताए म्याचपछि धोनीले भने, त्यसै त १९० यस विकेटमा असल स्कोर थियो तर शीतले पीचलाई ब्याटिङ्ग सहायक बनायो । यसैकारण बल राम्ररी ब्याटमा आइरहेको थियो । यस्तो पीचमा तपाईंले राम्ररी ब्याटिङ्ग गर्नु पर्छ अनि उनीहरूले त्यही गरे । उनीहरूले शुरुदेखि नै बलरहरूमाथि दबाउ सृष्टि गरे । उनीहरूले पहिलो ६ ओभरमै म्याच हाम्रो हातबाट खोसे।

धोनीले ठट्टा गर्दै भने, उनीहरूले ब्याटिङ्ग गरेको देख्दा त मलाई यस पीचमा २५० को स्कोर राम्रो हुने थियो जस्तो लाग्यो क्याप्टन कूल ले अझ भने, यस म्याचमा रुतुराजले असल ब्याटिङ्ग गरे । म्याचमा हामी पराजित भए पनि रुतुराजको इनिङ्ग्स यादगार रह्यो यसबाहेक फील्डिङ्ग सेट गर्दा हामीले मैदानलाई असल तरिकाले प्रयोग गर्न सक्थ्यौं। यस म्याचबाट हामीले धेरै कुराहरू सिक्यौं । गल्तीहरूबाट शिक्षा लिएर हामीले अघिल्लो म्याचको तयारी गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *