एलआइसी २०२७ सम्ममा तेस्रो शक्तिशाली बीमा ब्राण्ड बन्दै

देशको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया (एलआइसी) को यस वर्षको अन्त्यसम्ममा ४३.४० लाख करोड़ रुपियाँको मूल्यांकन आउने भएको छ। २०२७ सम्म यो बढेर ५८.९ लाख करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ। लण्डनको ब्राण्ड फाइनान्सको रिपोर्टका अनुसार एलआईसी ब्राण्ड भारतको सबैभन्दा बलियो कम्पनीका रुपमा देखिएको छ ।

यस ब्राण्डको मूल्य ६४,७२२ करोड रुपियाँ छ। यो विश्वव्यापी रूपमा तेस्रो शक्तिशाली बीमा ब्राण्ड बन्ने छ ब्राण्ड मूल्यांकन प्रतिवेदनका अनुसार २०२१ मा कम्पनीले ३२ अंकले बढेर विश्वको सबैभन्दा मूल्यवान् ब्राण्डको आधारमा २०६ नम्बरमा पुगेको छ । २०२० मा यो २३८ नम्बरमा थियो यस मूल्यांकन अनुसार २०२१ मा एलआईसी भारतको सबैभन्दा बलियो ब्राण्ड थियो सन् २०२० को तुलनामा यसको ब्राण्ड भ्यालु ६.८ प्रतिशतले बढेको छ जबकि सोही अवधिमा विश्वका शीर्ष १०० बीमा कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ। यो २०२० मा ४६२ बिलियन डलरबाट २०२१ मा ४३३ बिलियन डलरमा झरेको छ ।

विश्वका शीर्ष १० बीमा कम्पनीमध्ये ५ चीनका छन् । यसमध्ये पिङ एन इन्स्योरेन्स सबैभन्दा उच्च मूल्यांकन भएको बीमा ब्राण्ड हो तर यसको ब्राण्डको मूल्य पनि २६ प्रतिशतले घटेको छ । दुई अमेरिकी बीमा कम्पनी शीर्ष १० मा छन् । यो सूचीमा फ्रान्स, जर्मनी भारतका एकएक जना छन् । एलआइसी भारतको एक मात्र बीमा कम्पनी हो जुन विश्वभरिका शीर्ष १० बीमा कम्पनीहरूको सूचीमा समावेश भएको छ ।

यस मूल्यांकनको आधारमा, एलआइसीको मार्केट क्याप २०२१ मा ३७ लाख करोड़ रुपियाँ अनुमान गरिएको थिये जबकि यो २०२० मा ३८.२ लाख करोड रुपियाँ अनुमान गरिएको थियो । ब्राण्ड फाइनान्सको पोर्ट अनुसार यस वर्ष एलआईसीको मूल्य ४३.४० लाख करोड रुपियाँ हुन सक्छ । देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी भइरहेको छ। कम्पनीले यस विषयमा अर्को साता सेबीलाई मस्यौदा पेश गर्ने सम्भावना छ । सरकारले यसमा ५ प्रतिशत शेयर बेचेर ४० देखि ५० हजार करोड रुपियाँ उठाउने योजना बनाएको छ। यसअघि १० प्रतिशत बिक्री गरेर १ लाख करोड रुपियाँ जुटाउने लक्ष्य राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *