दामाग्रामको कुवामा चितुवा

सिलगढ़ीको दाम्राग्राम क्षेत्रमा एउटा चितुवा प्रवेश गर्दा स्थानीय वासिन्दाहरूमा सन्त्रास फैलियो। तर पछि उक्त चितुवा खाली कुवामा खस्यो। प्राप्त जानकारीअनुसार, आइतवार राति चितुवा उक्त क्षेत्रमा पसेको थियो। क्षेत्रमा चितुवाको प्रवेश हुँदा स्थानीय मानिसहरू त्रस्त बने अनि तिनीहरू आफ्नै घरभित्र बन्द बन्न बाध्य बने। त्यसपछि उक्त घटनाबारे वन विभागलाई जानकारी दिइयो। खबर पाएपछि वन विभागका कर्मचारीहरू तुरुन्तै घटनास्थलमा आएर दुई राउण्ड ट्राङ्क्विलाइजर डार्ट प्रहार गरेर चितुवालाई उद्धार गरे। वन अधिकारीहरूले चितुवालाई प्राथमिक उपचार दिएपछि जङ्गलमा छोड़िने बताएका छन्।

By Piyali Poddar