चियाबारीबाट एउटा चितुवाको शव फेला परेको छ। यस घटनापछि खोरीबारीको बतासी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। बिहीवार बिहान बतासीको पान्ताबारीस्थित एउटा निजी चियाबारीमा चिया पत्ती टिप्ने क्रममा श्रमिकहरूले मृत चितुवा देखेका हुन्। प्राप्त जानकारीअनुसार 10-12 जना श्रमिकरू चिया पत्ती टिपिरहेका थिए। पहिले चितुवाको पुच्छर देखेपछि तिनीहरू आतङ्कित भए। त्यसपछि तिनीहरूले कुहिएको अवस्थामा रहेको चितुवाको शव फेला पारे। तुरन्तै घटनास्थलमा ठूलो सङ्ख्यामा जिज्ञासु मानिसहरूको भीड़ भेला भयो। साथै वन विभागलाई पनि त्यसबारे खबर गरियो।
टुकुरियाझार वन विभागका कर्मचारीहरू घटनास्थलमा आइपुगे अनि चितुवाको शव उद्धार गरी पोस्टमर्टमका लागि बेङ्गल सफारीमा पठाए। वन विभागको प्रारम्भिक अनुमानअनुसार यो वयस्क चितुवाको मृत्यु लगभग 4-5 दिनअघि भएको हुन सक्छ। पछिल्लो 7 दिनदेखि चियाबारीमा चिया पत्ती टिप्ने काम बन्द थियो। सोही दिन पत्ती टिप्ने काम पुनः आरम्भ भएलगत्तै यो घटना प्रकाशमा आएको हो। यद्यपि चितुवाको मृत्युको कारणबारे पत्तो लगाउन वन विभागले जाँच आरम्भ गरेको छ।
चियाबारीबाट चितुवाको शव उद्धार
