सार्वजनिक भवन मरम्मती कार्यको शिलान्यास

मिरिक महकुमाअन्तर्गत सौरेनी समष्टिको टिङलिङ पिप्ली बोटे सार्वजनिक भवन मरम्मती अनि शौचालय निर्माण कार्यको शिलान्यास गरिएको छ। ग्राम पञ्चायत सदस्य सञ्जय प्रधान र पञ्चायत समीति सदस्य आशा छेत्रीको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको हो।
स्थानीय मानिसहरूले लामो समयदेखि सार्वजनिक भवनको मरम्मती साथै शौचालय निर्माणको माग गर्दै आइरहेका थिए। उक्त मागलाई ध्यानमा राखेर समष्टिका कार्यकारी सभासद अरुण सिग्चीको पहलमा सार्वजनिक भवन मरम्मती अनि शौचालय निर्माण हुने भएको ग्राम पञ्चायत सदस्य सञ्जय ढकालले जानकारी गराएका छन्।
यो कार्य समाप्त भएपछि गाँउवासीलाई सामाजिक कार्यहरू आयोजना गर्न सुविधा हुने तिनले बताए। यस कार्यका लागि पहल गरिदिएकोमा सम्बन्धित निकायप्रति तिनले आभार प्रकट गरेका छन्।

By Piyali Poddar