लता मंगेशकरको अवस्था गम्भीर, फेरि भेन्टिलेटरमा सारियो

भारतीय गायिकालता मंगेशकरको स्वास्थ्यावस्था गम्भीर बनेपछि फेरि भेन्टिलेटरमा सारिएको छ ।

उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । ९२ वर्षीया लता त्यसबेलादेखि आईसीयूमा छिन् ।

लता मंगेशकरको उपचारमा संलग्न डा. प्रतीत समधानीले लताको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा सारिएको बताएका छन् । चिकित्सकको टोलीले उनको चौबिसै घन्टा निगरानी गरिरहेको उनको भनाइ छ ।

केही समयअघि मंगेशकरलाई भेन्टिलेटरबाट बारिर निकालिएको जानकारी आएको थियो । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ ।

त्यस्तै, मंगेशकरको मृत्युको हल्ला बाहिरिए थियो । त्यसपछि आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै परिवारका सदस्यले झुटो खबरमा ध्यान नदिन आग्रह गरेका थिए ।

यसअघि मंगेशकरलाई श्वासप्रश्वासमा समस्या भएपछि नोभेम्बर २०१९ मा अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *