चियाबगानको जग्गालाई फ्रीहोल्डमा परिणत गरेको भन्दै चिया श्रमिकहरू आन्दोलनमा

चियाबगानको जग्गा कर्पोरेटसहरूलाई हस्तान्तरण गरिएको छ।करीब १२ लाख आदिवासीहरु र अन्य श्रमिक परिवारहरुलाई आफ्नो जग्गा गुम्ने डरले सताईरहेको छ । प्रदेश सरकारले बनाएको जग्गा अतिक्रमण ऐन विरुद्ध चियाबगान बहुल क्षेत्रमा आन्दोलन सुरु भएको छ ।पश्चिम बङ्गाल भूमि सुधार ऐनमा गरिएको संशोधनले चियाबगान लगायतका क्षेत्रमा फ्रीहोल्ड जमिन छुट्याउन र त्यसलाई अन्य व्यवसाय र प्रयोगमा परिणत गर्नाले सयौं वर्षदेखि चियाबगानमा बसोबास गर्ने आदिवासी मजदुरहरूले वास्तविक जग्गा गुमाउनेछन ।बिहीबार संयुक्त फोरमको तर्फबाट मतिगडा ब्लकको भूमि तथा भू-राजस्व कार्यालयमा जम्मा भएका आन्दोलनकारीले चियाबगान श्रमिकहरुलाई जग्गाको हक चाँडो फिर्ता गर्नुपर्ने र राज्य सरकारको जग्गा अतिक्रमण ऐन खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरे।सीपीआईएम दार्जिलिङका जिल्ला सचिव समन पाठकले भने , लामो समयसम्म यी चियाबगानका मजदुरहरूले आफ्नो श्रमले उद्योगलाई जीवित राखेका थिए, आज राज्य सरकारले उनीहरूलाई चियाबगानको जग्गाबाट वञ्चित गर्न र कर्पोरेटसहरूलाई जग्गा लुट्ने लाइसेन्स दिन एक अनुकूल पारित गरेको छ। ।यसलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *