श्याफ्लर इण्डिया लिमिटेडको पूर्ण स्वामीत्वमा रहेको सहायक कम्पनी केआरएसभी इनोभेटिभ अटो सलुसन्स प्राइभेट लिमिटेड (कूभर्स)ले सशक्त संस्थागत समर्थन अनि भविष्यमुखी पारिस्थितिक प्रणाली निर्माणमा दीर्घकालीन ध्यान केन्द्रित गर्दै जेन्युन स्पेयर पार्ट्समा शीघ्र पहुँचसितै भारतको अटोमोटिभ आफ्टरमार्केटलाई सुदृढ़ बनाउँदैछ। श्याफ्लर इण्डियाको विश्वव्यापी विशेषज्ञताको समर्थनमा कूभर्सले सिलगढ़ी, पटना र कोलकाता जस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण बजारहरूमा वर्कसप र खुद्रा विक्रेताहरूका लागि स्पेयर पार्ट्सको उपलब्धतालाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। दिसम्बर 2024 देखि कम्पनीले सिलगढ़ी बजारमा सक्रिय रूपमा सेवा दिँदै आइरहेको छ र शीघ्र तथा भरपर्दो आपूर्ति शृङ्खलामार्फत उत्तर बङ्गाल र छेउछाउका क्षेत्रका वर्कसप तथा स्पेयर पार्ट्स खुद्रा विक्रेताहरूलाई सेवा प्रदान गरिरहेको छ।
एक प्रमुख अटोमोटिभ व्यापार केन्द्रका रूपमा रहेको सिलगढ़ीले यात्री वाहक तथा व्यावसायिक वाहनहरूको व्यापक मिश्रणलाई सेवा प्रदान गर्दछ। कूभर्सले ओईएम र आफ्टरमार्केट दुवै कम्पोनेण्ट उपलब्ध गराउने इण्टिग्रेटेड डिजिटल प्लेटफर्ममार्फत यस मागलाई सम्बोधन गर्दछ। यस प्लेटफर्मले सबै प्रमुख ओरिजिनल इक्विपमेण्ट म्यानुफ्याक्चरर (ओईएम) र ओरिजिनल इक्विपमेण्ट सप्लायर (ओईएस) का लागि स्पेयर पार्ट्स उपलब्ध गराउँछ जसलाई 19 लाखभन्दा अधिक स्टक किपिङ युनिट्स (एसकेयू) समेटिएको व्यापक क्याटलगले समर्थन गर्दछ। उत्तर बङ्गालमा बढ़िरहेको वाहनहरूको आवागमन र सेवा मागको कारण सिलगढ़ीका वर्कसपहरूलाई समय सीमाभित्र जेन्युन पार्ट्सको निश्चित उपलब्धता र शीघ्र डेलिभरीको आवश्यकता पर्दछ। कूभर्सको प्यान–इण्डिया डिजिटल प्लेटफर्म, रिजियनल हबहरू र कनेक्ट स्टोरहरूको संयोजनले स्थानीय व्यवसायहरूलाई वाहनको डाउनटाइम घटाउन, सेवा गुणस्तर सुधार गर्न र मूल्य निर्धारणमा बढ़ी पारदर्शितासहित सञ्चालन गर्न सहयोग गरिरहेको छ।
क्षेत्रीय केन्द्रितताबारे टिप्पणी गर्दै प्लेटफर्म बिजनेस प्रमुख सन्दीप बेगुरले कूभर्सको उद्देश्य स्थानीय वर्कसपहरूलाई सशक्त बनाउँदै भारतभरि अझ प्रभावकारी र भरपर्दो अटो आफ्टरमार्केट निर्माण गर्नु रहेको बताए।
