पूर्वी भारतमा पहिलो पटक काठ, फर्निचर तथा गद्दा निर्माण क्षेत्रलाई पूर्णरूपमा समर्पित प्रदर्शनी कोलकोतावूड 2025 को आयोजना १२ देखि १४ सेप्टेम्बर २०२५ सम्म कोलकाताको विश्व बङ्गला मेला प्राङ्गण मा हुँदैछ। नरबर्मेस इण्डियाद्वारा आयोजित यो प्रदर्शनी, दशौंदेखि भारतको काठ तथा फर्निचर उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि, मेशिनरी र कच्चा पदार्थसँग जोड्दै आएको इण्डियावूड श्रृंखलाको नयाँ अध्याय हो।
बेंगलुरु र दिल्लीमा सफल इण्डियावूड, तथा मुम्बईमा मुम्बईवूडको सफल आयोजनापछि अब पूर्व भारतमा उद्योगको पहुँचलाई थप निकट ल्याउने रणनीतिक कदमको रूपमा कोलकोतावूड अघि बढेको हो। सोनिया प्रशार, प्रबन्ध निर्देशक तथा चेयरपर्सन, नरबर्मेस इण्डियाले भन्नुभयो, “पूर्वी भारत अब कुनै पुछारमा पर्ने बजार होइन यो एक उदाउँदो औद्योगिक केन्द्र हो, जसले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छ। कोलकोतावूडले त्यसको यात्रामा गतिशीलता ल्याउनेछ।”
रियल इस्टेटको विकास, आम्दानीको वृद्धि, र होम & लाइफस्टाइल ई-कमर्स बजारको बूमसँगै कोलकाता अहिले औद्योगिक विकासको नयाँ युग मा प्रवेश गर्दैछ। कोलकोतावूड २०२५ केवल एउटा प्रदर्शनी होइन, यो विकासको गतिशील उत्प्रेरक बन्नेछ।
