कोहली र राहुल आफ्नो स्थानमा कायम

भारतीय कप्तान विराट कोहली र सीनियर ब्याट्सम्यान केएल राहुलले बुधवार जारी आइसीसीको ताजा टी २० अन्तरर्राष्ट्रिय व्याकिङ्गमा ब्याट्सम्यानहरूका सूचीमा क्रमशः पाँचौं र छैटौं स्थान कायम राखेका छन्। राहुल र कोहली त्यस भारतीय टोलीमा रहेका छैनन्, जसले श्रीलङ्कामा टी२० शृङ्खला खेलिरहेको छ तर यस शृङ्खलामा खेल्ने पेस बलर भुवनेश्वर कुमारलाई याङ्किङ्गमा फाइदा भएको छ, जो आइतवार भएको पहिलो टी२० म्याचमा ४ विकेट हासिल गरेर बलरहरूका सूचीमा १६औं स्थानमा पुगेका छन् । लेग स्पिनर युजवेन्द्र चहल पहिलो म्याचमा किफायती रहेका थिए, जसले उनलाई १० स्थानको फाइदा भएको छ अनि अहिले उनी २१औं स्थानमा पुगेका छन् । श्रीलङ्काका वानिन्दु हसारङ्गा आफ्नो असल प्रदर्शनको बुतामा दोस्रो स्थानमा रहेका छन्|

लामो समयदेखि नखेकेका हुनाले रोहित शर्मा टी२० ब्याट्सम्यानहरूका सूचीमा १४औं स्थानमा पुगेका छन् जबकि शिखर धवन ३८ बलमा ४६ रनको इनिङ्ग्सको सहायताले २९औं स्थानमा पुगेका छन् ।

यसरी नै एकदिने ब्याट्सम्यानहरूका सूचीमा कोहली र रोहित शीर्ष दशमा पाकिस्तानका बाबर आजमभन्दा पछि छन् जबकि जसप्रीत बुमराह (सातौं) बलरहरूका सूचीमा दशमा सामेल एकमात्र भारतीय हुन् । अलराउण्डरहरूका सूचीमा रविन्द्र जडेजा नवौँ स्थानमा कायम छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *