हेनकेन कम्पनीअन्तर्गत रहेकोयुनाइटेड ब्रेवरिज लिमिटेडकोकिङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेअर्जेन्टिनी फुटबल संघ (एएफए) सँगभारतका लागि क्षेत्रीय प्रायोजकको रूपमा साझेदारीको घोषणा गर्दा गर्व व्यक्त गरेको छ। यसको औपचारिक घोषणा अर्जेन्टिनाको ब्युनस आयर्सस्थित रिभर प्लेट स्टेडियममा आयोजित एक भव्य कार्यक्रममार्फत गरिएको थियो।युनाइटेड ब्रेवरिजको तर्फबाटकिङ्गफिशरका श्रेणी प्रमुख मोहित रैनाउपस्थित थिएभनेअर्जेन्टिनी फुटबल संघ (एएफए)तर्फबाटमुख्य वाणिज्य तथा बजार प्रबन्धकलिएन्ड्रो पिटरसनले साझेदारीको घोषणा गरे। यो सहकार्यले भारतभरि फुटबलप्रति गहिरो लगाव राख्ने क्षेत्रहरूजस्तै पश्चिम बङ्गाल, केरल, गोवा तथा सम्पूर्ण उत्तर–पूर्वी क्षेत्रहरूमा किङ्गफिशर ब्रान्डको उपस्थितिलाई विस्तार गर्ने लक्ष्य लिएको छ।यसले देशमा बढ्दो फुटबल प्रभावसँगको रणनीतिक मेलमिलाप दर्शाउँछ र किङ्गफिशर-को “एकताको भावना, उत्सव र खुशी” भन्ने ब्रान्ड दर्शनसँग पूर्ण रूपमा मेल खान्छ।
यस अभियानमा स्थलस्तर र डिजिटल माध्यमद्वारा प्रशंसकहरूलाई सक्रियरूपमा संलग्न गराउने उद्देश्यले समेकित कार्यक्रमहरूको संयोजन समावेश गरिएको छ।मुख्य पहलहरूमा प्रशंसकहरूका लागिसम्पूर्ण अनुभव तयार पार्नेर समुदाय-स्तरमा संलग्नता गहिरो बनाउने तथा प्रतिभा विकास गर्नेग्रासरुट फुटबल कार्यक्रमहरूसञ्चालन गर्ने कार्यहरू समावेश छन्। यस उत्साहमा थप वृद्धि गर्दै, अर्जेन्टिन राष्ट्रिय फुटबल टोलीले सन् २०२५ को अक्टोबर महिनामा केरलामा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ।यो निकै प्रतिक्षित प्रतियोगिता हो, जसले उल्लेखनीय संख्यामा दर्शकहरूलाई आकर्षित गर्ने र स्थलमै उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। एएफए-का वाणिज्य तथा विपणन प्रमुख लिएन्ड्रो पिटरसनले यस सहकार्यप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने,“हामी किङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललाई भारतमा क्षेत्रीय प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौं।यस साझेदारीले विश्वका सबैभन्दा जीवन्त फुटबल बजारहरूमध्ये एकमा हाम्रो उपस्थिति थप मजबुत बनाउनुका साथै, विश्वभरि रहेका प्रशंसकहरूसँग अर्थपूर्ण र आकर्षक सहकार्यमार्फत सम्बन्ध विस्तार गर्ने हाम्रो दृष्टिकोणसँग पनि पूर्ण रूपमा मेल खान्छ।”
युनाइटेड ब्रेवरिज लिमिटेड-का प्रमुख विपणन अधिकारी विक्रम बहलले यस साझेदारीप्रति आफ्नो दृष्टिकोण व्यक्त गर्दै भने,“अर्जेन्टिनी फुटबल संघसँगको साझेदारी किङ्गफिशर प्रिमियम प्याकेज्ड पेयजलको निम्ति एउटा गौरवान्तित उपलब्धि हो। फुटबलले समुदायहरूलाई एकत्रित गर्ने र प्रशंसकहरूलाई प्रेरित गर्ने अद्वितीय शक्ति राख्दछ।यस सहकार्यमार्फत, हामी यस ऊर्जालाई जीवन्त बनाउने उद्देश्यले त्यस्ता अर्थपूर्ण अनुभवहरू र अविस्मरणीय अभियानहरू ल्याउनेछौं, जसले खेलको उत्सव मनाउनुका साथै हाम्रो ब्रान्डको जीवन्त आत्मालाई पनि प्रतिबिम्बित गर्छ।” यस साझेदारीमार्फत किङफिशरले उपभोक्ताहरूका लागि अविस्मरणीय र जीवन्त अनुभवहरू सिर्जना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। अर्जेन्टिनी फुटबल संघसँग हातेमालो गरी, ब्रान्डले विश्वका सबैभन्दा प्रतिष्ठित फुटबल संस्थाहरूमध्ये एकसँग सम्बन्ध स्थापित गरेको छ, साथै भारतमा यस खेलको विकास र उज्ज्वल भविष्यमा अर्थपूर्ण योगदान पुर्यासउने उद्देश्य पनि राखेको छ।
