खाबी लेम: कसरी एक मजदुर टिकटकमा अत्यधिक चर्चित बने

खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा चार्ली डी’अमेलियोपछि दोस्रो स्थानमा छन्। उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्। धेरैले लेमले अमेरिकी नृत्याङ्गना डी’अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन्। डी’अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन्। उनको अहिले एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्।

खाबी लेम को हुन्?

खाबाने लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन्। उनी २१ वर्षका भए। अहिले इटलीमा बस्छन्। एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए। उनी रमाइला भिडिओहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन्। तर भिडिओमा उनी बोल्दैनन्। उनका अनुसार उनको अनुहारको नाटकीय भावभङ्गि देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन। लेम फुटबल खुब हेर्छन् र कतिपय भिडिओमा फुटबल जर्सी लगाउँछन्। उनको मन पर्ने टोली युभेन्ट्स हो। आफू चलचित्रकर्मी इडी मर्फी र विल स्मिथबाट उत्प्रेरित भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *