बंगलादेशको ढाका सहरमा अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना भए । यो प्रतियोगिता हरेक वर्षको अन्तिम दिनमा आयोजना हुने गरेको छ । प्रतियोगितामा नैहाटी, हलिशहर, काँचरापाराका २७ खेलाडीको कराते टोलीले सहभागिता जनाएका थिए ।प्रतियोगितामा नैहाटी पश्चिम आम्रपल्लीका युवा कौस्तब चक्रवर्तीले स्वर्ण पदक जितेर देशको नाम कमाएको छ । यति मात्र होइन, टोलीका अन्य खेलाडीले कास्य र रजत पदक जितेका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनका बारेमा टोलीका प्रशिक्षक दिलीप जानाले भने, ‘मेरा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । म धेरै खुसी छु’ तर, उनले खेलाडीलाई सन्तुष्ट नभई राम्रो खेल्न सल्लाह दिए ।