बलिउड अभिनेत्री करिना कपुर : दुई छोरालाई मुभि स्टार होइन जेन्टलम्यान बनाउने चाहाना छ

बलिउड अभिनेत्री करिना कपुर खानले आफ्नो दुई छोराहरुलाई मुभि स्टार बनाउने चाहाना नभएको बताएकी छिन् ।

भारतीय मिडियासंग कुराकानी गर्ने क्रममा करिनाले छोराहरुलाई जेन्टलम्यान बनाउन चाहेको बताइन् । उनी आफ्नो छोराहरुलाई दयालु स्वभावको गुण होस भन्ने चाहान्छिन् ।

करिना भन्छिन्, जब उनीहरुले मेरो अगाडि आएर आफूहरुलाई सगरमाथा चढ्न मन लागेको बताउनेछन्, म निक्कै खुसी हुनेछु । म उनीहरुको साथमा हुनेछु र साथ दिनेछु ।’

करिनाले तैमुर क्रियटिभ रहेको रंगहरु भर्न मन गर्ने बताएकी छिन् । उनले आफ्ना दुई सन्तानलाई हस्तक्षेप नगर्ने बताउदै बच्चाहरुले यदि गल्ती गरेमा उनीहरुलाई नै सुधार्न दिनुपर्ने भनाई राखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *