‘द कपिल शर्मा शो’की अर्चनालाई इन्स्टाग्राममा फलो नगर्न कपिलको अनुरोध

भारतको लोकप्रिय रियालिटी कार्यक्रम ‘द कपिल शर्मा शो’ को चर्चा भारतभन्दा बाहिरका देशसम्म चल्छ। यो कार्यक्रमका दर्शक अनगिन्ती छन् भन्दा फरक पर्दैन।

शोका सञ्चालक कपिलको हास्य-व्यंग्य र चुट्किलाले यो क्रार्यक्रमको रौनक बढिरहेको छ। अझ कार्यक्रमकी,

निर्णायक अर्चना पुरन सिंहको उपस्थितिपछि कपिलले उनलाई आफ्नो हाँसो पात्र बनाउन थालेका छन्।

कपिल र अर्चनाको सम्बन्ध कार्यक्रम छायांकनका बेलाबाहेक अफ–स्क्रिनमा पनि उत्तिकै राम्रो छ। उनीहरु एकअर्कासँग जिस्किँदै मजाक बनाइरहेका हुन्छन्।

अर्चना प्राय: ‘द कपिल शर्मा शो’को सुटिङ सकिएपछिका क्षणहरुको भिडिओ खिचेर आफ्नो इन्स्टाग्राममा पोस्ट गर्छिन्। अहिले कार्यक्रमको नयाँ सिजन सुरु भएलगतै उनले झनै धेरै भिडिओ हालिरहेकी छन्।

उनले पोस्ट एक भिडियोमा कपिलले पनि कमेन्ट गरेका छन्। कमेन्टमा कपिलले अर्चनाकोलाई इन्स्टाग्राममा फलो गर्ने फ्यानहरुलाई उनलाई अनफलो गर्न अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘अर्चनाको फ्यानहरु जसले उनलाई इन्स्टाग्राममा फलो गर्नुहुन्छ, कृपया उहाँलाई फलो नगर्नू होला।’

त्यसपछि अर्चनाले कपिललाई ‘किन आफूलाई अनफलो गर्न अनुरोध गरेको भन्ने?’ प्रश्न गरिन्। कपिलले जवाफमा भने, ‘कस्तो किन भनेर प्रश्न गर्नुहुन्छ? हामी त्यत्ति धेरै सुट खिच्दैनौँ जति तपाईं खिच्नु हुन्छ।’

अर्चनाले धेरै अफ स्क्रिन धेरै खिचेकोले कपिलले जिस्काउन त्यस्तो कमेन्ट गरेका थिए। उनको कमेन्टपछि पनि अर्चना रोकिनन्। उनी सँगैसँगै कपिलको खेदो गर्न थालिन् र कपिलका फलोअर्सलाई आफूलाई फलो गर्न भनिन्। 

‘तिमी आफ्नो फलोअर्सलाई अनुरोध गर कि उनीहरुले तिमीलाई अनफलो गरेर मलाई फलो गर्न सुरु गरुन्,’ अर्चनाले कमेन्टमा लेखेकी छिन्, ‘म त कार्यक्रमबारे पोस्ट गरिरहन्छु। तिमी त्यत्ति पनि गर्दैनौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *