कंगनाको ‘थलाइवी’ले प्रदर्शनको पहिलो दिनमा देखाएन कमाल

कंगना रनौत अभिनित चलचित्र थलाइवि सेप्टेम्बर १० मा हलमा प्रदर्शन भएको थियो। दक्षिण भारतकी चर्चित कलाकार तथा तमिलनाडुमा ६ पल्ट मुख्यमन्त्री बनेकी जयललिताको बारेमा यो चलचित्र बनेको हो। प्रदर्शनको पहिलो दिन हिन्दी बेल्टमा चलचित्रले २० देखि २५ लाख रुपैयाँसम्मको कारोबार गरेको छ।

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार चलचित्र ‘थलाइवी’ को आम्दानी दिल्ली, उत्तर प्रदेश र गुजरातमा भने राम्रो भएको छ। कोरोना माहामारीले देशका सबै चलचित्र हलहरु खुलिसकेको छैन। प्रदर्शनको पहिलो दिन चलचित्रले देशभरबाट १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको थियो।

यस्तै यो चलचित्रले तमिलनाडुमा राम्रो कारोबार गरेको थियो। यहाँ झण्डै ८० लाखको आसपासमा चलचित्रको कारोबार भएको थियो। कंगनाको यो चलचित्रले स्थानीय चलचित्र ‘लाबाम’ लाई टक्कर दिएको छ।

यस्तै कंगनाको यो चलचित्रले गरेको कमाई अक्षय कुमारको भर्खरै प्रदर्शन भएको चलचित्र ‘बेल बटम’ सँग तुलना गर्ने हो भने धेरे नै कम हुन आउँछ। कंगनाको चलचित्रले प्रदर्शन भएको पहिलो दिन एक करोड २५ लाख कमाई गरेको थियो भने अक्षयको चलचित्रले प्रदर्शन भएको पहिलो दिन २ करोड ७५ लाख रुपैयाँ कमाई गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *