एक ऐतिहासिक क्षणमा जेके टायरले सिक्किम सरकारको सहकार्यमा सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीमा गान्तोकका पहाड़हरूमा इण्डियन रेसिङ फेस्टिभल ल्याएको छ। मङ्गलबार बुर्तुक हेलिप्याडमा आयोजित ग्राण्ड फिनालेमा वर्षा हुँदाहुँदै पनि मोटरस्पोर्ट प्रेमीहरूको भव्य उपस्थितिले कार्यक्रम झनै रोमाञ्चक बनाएको थियो। कार्यक्रममा सुपरबाइकमा गरिएको रोमाञ्चक स्टण्ट, उच्च प्रदर्शनका लेक्सस र बीएमडब्ल्यू कारद्वारा गरिएको सटीक ड्रिफ्टिङ, एफआईए-प्रमाणित भारतीय फर्मुला 4 कार र परिमार्जित स्टण्ट वाहनहरूको प्रदर्शनी देख्न पाइयो जसलाई सबैलाई जेके टायरको लेभिटास अल्ट्रा रेञ्जले शक्ति दिएको थियो। रोट्याक्स कार्टमा दौड़ने युवा कर्टिङ प्रतिभाहरूको साहसी ड्राइभिङले कार्यक्रमको आकर्षण अझै बढ़ाएको थियो। सिक्किमका डीजीपी अक्षय सचदेवाले प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित भई झण्डा हल्लाएर जेके टायर माउण्टेन रश र्यापली सिक्किमको पहिलो टाइम-स्पीड-डिस्ट्यान्स (टीएसडी) कार र्यापलीको आरम्भ गरे। चार दिनसम्म (13 देखि 26 अप्रेलसम्म) चल्ने यस र्या7लीले सिक्किमका चार जिल्लाहरूमा यात्रा गर्नेछ जसमा भारतभरिबाट 40 भन्दा अधिक गाड़ीहरू सहभागी बनेका छन्।
जेके टायरका कर्पोरेट कम्युनिकेशन तथा मोटरस्पोर्टका प्रमुख सञ्जय शर्माले भने, सिक्किमले भारतमा राज्यका रूपमा गौरवशाली 50औँ वार्षिकी मनाइरहेको छ अनि यस प्रतिष्ठित माइलखुट्टीको हिस्सा बन्न पाउँदा गर्वित अनुभव गरिरहेका छौँ। हामीले भव्य पहाड़मा हाम्रो उत्कृष्ट मोटरस्पोर्टको रोमाञ्च ल्याएका छौँ। हामी सिक्किमको अद्वितीय वातावरण-मैत्री दृष्टिकोणलाई सलाम गर्दछौँ अनि हरेक विवरणलाई व्यवस्थित गर्ने यहाँको नेतृत्वको उत्साह र शुद्धतालाई प्रशंसा गर्दछौँ। रोमाञ्च भर्न, उत्साह फैलाउन साथै अविस्मरणीय र क्रियाशील यात्राका लागि प्रत्येक सहभागीलाई शुभकामना दिन हामी यहाँ आएका हौँ। यो र्याहली 23 अप्रेलको बिहान 7 बजी रिज पार्कदेखि आरम्भ हुनेछ अनि 26 अप्रेल गान्तोकको एमजी मार्गमा समापन समारोहसहित समाप्त हुनेछ।