जयन्त चौधरीद्वारा युवाहरूको कौशल विकास र रोजगार प्रबर्द्धनका लागि नर्थ इष्ट अप्रेण्टिशशिप पाइलट योजना आरम्भ

युवाहरूलाई सशक्त बनाउने र समावेशी क्षेत्रीय विकासलाई प्रोत्साहन दिने महत्त्वपूर्ण कदम स्वरूप कौशल विकास तथा उद्यमशीलताका लागि स्वतन्त्र प्रभारी केन्द्रीय राज्यमन्त्री जयन्त चौधरी र मिजोरमका मुख्यमन्त्री लालदुहोमाले संयुक्त रूपमा नर्थ इष्ट अप्रेण्टिशशिप पाइलट योजनाको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्रीको विकसित भारतको दृष्टिकोणसित मेल खाने गरी आरम्भ गरिएको यस योजनाले उत्तर पूर्व क्षेत्रका 26000 भन्दा अधिक युवाहरूलाई संरचित र तलबसहितको अप्रेण्टिशशिप अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। लाभार्थीहरूले नेशनल अप्रेण्टिशशिप प्रोमोशन स्किम (एनएजीएस) अन्तर्गत पाउने नियमित भत्ताको अतिरिक्त एक वर्षका लागि मासिक रु. 1500 थप प्राप्त गर्नेछन्। योजनाको प्रचार–प्रसार र कार्यान्वयनका लागि रु. 4 करोड़सहित मोठ रु. 43.94 करोड़को बजेट आवण्टित गरिएको छ।

मन्त्री चौधरीले यसलाई शिक्षा र रोजगारलाई जोड्ने ऐतिहासिक क्षण भनेर वर्णन गर्दै यस क्षेत्रमा महिलाहरू नेतृत्वमा रहेका कौशल विकासलाई विशेष रूपमा उल्लेख गरे। मुख्यमन्त्री लालदुहोमाले मिजोरमको उच्च साक्षरता दर र परम्परागत कौशलहरूलाई मुख्य बलका रूपमा औँल्याए। पायलट योजनामा वस्त्र उद्योगमा वेलस्पन कम्पनीसित साझेदारी अनि रु. 60000 करोड़को आईटीआई अपग्रेडेशन योजनाको प्रस्तुति पनि समावेश गरिएको छ जसले केन्द्र सरकारको कौशलयुक्त र भविष्यका लागि तयार भारत बनाउने अभियानलाई थप दह्रो पार्ने अपेक्षा गरिएको छ।

By Business Bureau