ज्योतिप्रिय मलिकलाई जमानी

राशन भ्रष्टाचार मामिलामा ज्योतिप्रिय मलिक जमानीमा छुटेका छन्। बुधवार विशेष प्रवर्तन निदेशालय (ईडी) न्यायालयले राज्यका पूर्व मन्त्रीलाई जमानीमा छाड़ेको हो। प्राप्त जानकारी अनुसार 50 हजार रुपियाँको जमानी बोण्ड र 50 लाख रुपियाँको व्यक्तिगत बोण्डमा तिनलाई जमानी दिइएको छ। 2023 को अक्टोबर 27 मा राशन भ्रष्टाचार मामिलामा मलिकलाई पक्राउ गरिएको थियो। दुईपटक हिरासतमा बसेपछि तिउनलाई प्रेसिडेन्सी केन्द्रीय सुधार गृहमा राखिएको थियो। तर पक्राउ परेपछि पूर्व मन्त्री बिरामी परेका थिए। बिरामी भएपछि जेल अस्पतालका चिकित्सकहरूको सल्लाहमा तिनलाई एसएसकेएममा भर्ना गरिएको थियो। जमानीको माग गर्दै पूर्व मन्त्री कलकत्ता उच्च न्यायालयको शरणमा पुगेका थिए। यस मामिलामा पहिले नै चामल मिल व्यवसायी बाकिबुर रहमान, बनगाँउका पूर्व नगरप्रमुख शङ्कर आढ्य र व्यवसायी विश्वजीत दास जमानीमा छुटिसकेका छन्। तर ज्योतिप्रियाको जमानी रोकिएको थियो।
यसअघि ईडीले भनेको थियो कि ज्योतिप्रिय भ्रष्टाचारको गङ्गासागर हुन्। तिनी जेलबाट बाहिर निस्किए जाँचमा बाधा पुर्यापउन सक्छन्। तर आज ईडीको यो तर्क काम लागेन। न्यायालयको निष्कर्षअनुसार, जाँच प्रक्रिया चलिरहेको छ। तर त्यसका लागि पूर्व मन्त्रीलाई हिरासतमा राख्न आवश्यक छैन। अन्ततः लगभग 15 महीनापछि ज्योतिप्रिय जमानीमा छुट्ने भएका छन्।

By Piyali Poddar