अन्तर्राष्ट्रिय लागूऔषध विरोधी दिवसमा आज जलपाईगुडी प्रहरीको विभिन्न कार्यक्रम आयोजना गरियो।यो दिन जुन २६ बिहीबार विश्वभर लागूऔषध विरोधी दिवसको रूपमा मनाइन्छ।
यस अवसरमा जलपाईगुडी जिल्ला प्रहरीले जिल्लाभर म्याराथन दौड, सेमिनार, विद्यार्थीहरूसँग जुलुस आदि जस्ता विशेष लागूऔषध विरोधी जागरूकता कार्यक्रमहरू आयोजना गर्यो।
यस सन्दर्भमा जिल्ला प्रहरी उपरीक्षक उमेश खाँड बहलले भने, आज हामी विभिन्न कार्यक्रमहरू मार्फत विश्वसँग उचित तरिकाले लागूऔषध विरोधी दिवस मनाइरहेका छौं र लागूऔषध विरोधी चेतना पनि फैलाइरहेका छौं।
